तुलसीपुर, १० चैत । तुलसीपुरस्थीत कारागारमा निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
कारागार कार्यालय तुलसीपुरको आयोजना तथा राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको निःशुल्क आँखा शिविरमा ३ सय १० जना कैदि बन्दिहरुको आँखा परिक्षण गरिएको काराघार कार्यालय तुलसीपुरका जनस्वास्थ्य निरीक्षक द्रोर्णबहादुर वलीले जानकारी दिएका छन् ।
जसमा २ सय ६१ जना पुरुष र ४९ जना महिलाहरुको आँखा जाँच गरिएको थियो । आँखा जाँच गरिका मध्य १० जनाको आँखामा मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने विरामीहरु भेटिएका छन् । त्यस्तै १० जनालाई थप उपचारका लागि राप्ती आँखा अस्पतालमा रिफर गरिएको छ ।
निःशुल्क आँखा स्वास्थ्य शिविरमा ६६ जनालाई नजिकको चश्मा निःशुल्क रुपमा प्रदान गरिएको छ । राप्ती आँखा अस्पतालमा दृष्टि विशेषज्ञ सुजन रिजालसहितको प्राविधिक टोलिले सेवा दिएको वलीले जानकारी दिए । मोतियाविन्दु गर्नु पर्नेहरुकालाई अस्पताल र कारागारको समन्वयमा शल्यक्रिया गरिने उनको भनाई छ ।