नेपाल बैंक लिमिटेडद्वारा विद्यार्थीलाई बित्तीय साक्षरता सम्वन्धी अभिमुखीकरण

घोराही,९ चैत । नेपाल बैंक लिमिटेड दाङ शाखाले विद्यार्थीलाई बित्तीय साक्षरता सम्वन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । विश्वव्यापी मुद्रा सप्ताह–२०२४ अन्तर्गत नेपाल बैंक लिमिटेड दाङ शाखाले शुक्रवार घोराही उपमहानगरपालिका–१९ होड्बाङमा रहेको भगवती माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि वित्तीय साक्षरता सम्वन्धी अभिमुखीकरण कार्यक्रम गरेको हो ।

विद्यालयमा अध्ययनरत बिद्यार्थीलाई वित्तीय साक्षरता सम्वन्धी जानकारी दिने उद्देश्यले सचेतनामुलक कार्यक्रम गरेको छ । बद्लिदो समयमा बित्तीय कारोवार अनिवार्य र अपरिहार्य बन्दै गएको समयमा बालबालिकालाई बित्तीय जानकारी दिनका साथै पछिल्लो समय अर्थतन्त्रका सम्बन्धमा देखिएका समस्या समाधानका लागि हरेक व्यक्तिमा वित्तीय चेतना हुनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम गरिएको बैंकका कर्मचारी संजय पाण्डेले जानकारी दिनुभएको छ ।

त्यसैगरी कार्यक्रममा विद्यार्थीलाई डिजिटल कारोवार एंव बैकिङ तथा वित्तीय क्षेत्रका बारेमा जानकारी गराइएको थियो । बैंकका शाखा प्रबन्धक केशव सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा शाखा प्रबन्धक केशव सुवेदी,शाखाका कर्मचारी दिपक वली, सन्दिप रजौरे, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवराज घर्ती मगर, विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर डाँगी,वडा सदस्य हुकुमा घर्तीलगायतले बचतले जीवनमा पुु¥याउने सहयोग र वित्तिय साक्षरताका बारेमा बोल्नुभएको थियो ।

कार्यक्रममा विद्यालयमा अध्यनरत सय जना बढी विद्यार्थीका सहभागीता रहेको थियो । बैंकका सहायक प्रबन्धक नवराज आचार्यको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमको सहजीकरण बैकका कर्मचारी संजय पाण्डेले गर्नुभएको थियो ।