सूचनाको सहज पहुँचका लागि मोवाइल सेट

तुलसीपुर, २ फागुन । इलाका प्रहरी कार्यालय तुलसीपुरले सूचनाको सहज पहुँचका लागि विभिन्न कार्यहरु गरेको जनाएको छ । शुक्रवार शान्ति सुरक्षा तथा समसामहिक विषयमा संचारकर्मीसंगको भेटघाट अन्तक्रियामा प्रहरीले यसलाई नवीनतम कार्य भनेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक ठाकुर प्रसाद पोख्रेलले नवीनतम कार्यहरु सुनाउदै इलाका प्रहरी कार्यालय कक्षमा रहेका धुनुवाहरुको लागि पुस्तकालय राखिएको, मोवाइल गाडीको लागि, क्यूआर, राप्ती प्रादेशिक अस्पतालको लागि र उजुरी शाखाको लागि छुट्टा छुटै मोवाइल सेट र मोवाइल नम्वरको व्यवस्था गरेको उनको भनाई छ । कुनै घटनाभएमा सम्पर्क गर्न र सहजै सूचना आदान प्रदान गर्न ४ स्थानमा मोवाइल सेट राखिएको उनले बताए । मोवाइल गाडीको लागि ९७६४३४७९४५, क्यूआरको लागि ९७६४३४७९४४, राप्ती प्रादेशिक अस्पतालको लागि ९७६४३४७५६३, र उजुरी शाखाको लागि ९७६४१९५९६६ मोवाइल सेट राखेको उनले बताए ।

कहि कसैले केहि जानकारी दिन खोज्यो तथा घटना घटेर प्रहरीलाई खवर गर्नु परेमा यो नम्वरमा जानकारी दिन र लिन सकिने उनले बताए । ‘अव केहि जानकारी दिन तथा सूचना लिन १०० र कार्यालय प्रमुखलाई खोज्नु पदैन आवश्यक कामका लागि मोवाइलमा जान बुझन पाइनछ –उनले भने ।’ पोख्रेलले सानो तिनो कामका लागि कार्यालयमै आउने र आफुलाई सोधनु नपर्ने बताए । ‘उजुरीको विषयमा केहि जानकारी लिनु परे उजुरी शाखाकोको नम्वरछ, केहि घटना भयो भने मोवाइल गाडीका लागि पनि नम्वर छ अव कार्यालयमै जानकारी गराउनुपर्छ भन्ने होइन सहज छिटो र छरितो सूचना लिन दिन सकिन्छ उनले भने ।’

त्यस्तै पोख्रेलले आफ्नो अल्पकालिन योजनामा कार्यालय परिसरमा शुद्ध पिउने पानीको लागि युरो कार्ड राख्ने, प्रहरी कार्यको सूचना प्रवाहको लागि डिजिटल बोर्ड राख्ने, क्यूआरको लागि मोटरसाइकल २ वटा थप गर्ने, महिला बालकालिका शाखाको भवनलगायतका योजना रहेको सुनाए ।

कार्यालयमा आफु आएको ६ महिना वितेको भन्दै ६ महिनामा विभिन्न अपराध अनुसन्धानका लागि गतिविधि गरेको बताए । त्यस्तै उनले आ.व २०८०÷८१ मा इलाका प्रहरी कार्यालय तुलसीपुरमा ३ सय ९७ मुद्धा रहेको र ति मध्य २ सय २८ फर्छौट भएको बताए । त्यस्तै ५६ वटा अनुसन्धानको प्रकृयामा र १ सय १३ वटा पेण्डिङ रहेको बताए । त्यस्तै उनले इलाका प्रहरी कार्यालय तुलसीपुर अन्तर्गत ४ वटा इलाका प्रहरी कार्यालय ५ वट्टा प्रहरी चौकी, ९ वटा अस्थायी प्रहरी पोष्ट र राप्ती प्रादेशिक अस्पताल तुलसीपुर १ गरि जम्मा १९ वटा प्रहरी इकाई रहेको बताए ।

त्यस्तै यस आर्थिक बर्षमा सामुदायिक प्रहरी साझेदारी कार्यालयहरु मार्फत विभिन्न जनचेतना कार्यक्रमहरु सञ्चालन गरेको जानकारी गराएका थिए ।