जन्मदिनमा बेसाहारालाई सहयोग

 शिव राज खनाल

दाङ,१ चैत । लमही नगरपालिका-५ न्युरोड निवासी पबित्रा सुवेदी केसीले बिहिवार आफ्नो ३३ औँ जन्मदिनको अबसरमा बृद्धाआश्रमका आमा बुवासँग जन्मदिन मनाएका छिन ।

लमही नगरपालिका-१ सुन्डबरीस्थित श्रृजनसिल बृद्धबृद्धा सेवा समितिद्वारा सन्चालित  आश्रममा रहेका आमाबुवालाई फलफुल मिठाईसहित खाद्यान्न तथा उपचारका लागी सहयोग पुगोस भन्ने उदेश्यले ५ हजार ५ रुपैया प्रदान गरेकी हुन ।

होटल रेस्टुरेन्टमा गएर फजुलखर्च गर्नु भन्दा पनि गरिब दिनदुखीलाई सहयोग गरेर जन्मदिन मनाउन पाउँदा आफु  हर्षित भएको केसीले बताईन । उनी लमही बजारमा पबित्रा फेसन ग्यालरी सञ्चालन गर्दै आईरहेकी छिन । सहयोग रकम हस्तान्तरण गर्दै आगामी दिनमा सधै दिनदुखीको सेवा गरेर जन्मदिन मनाउने प्रतिबद्धता प्रकट गरिन  । यो सहयोगसँगै केसी आश्रम समितिको आजिवन सदस्य भएकी छिन । ५ हजार सहयोग गर्ने सहयोगीदाता स्वत: आजिवन सदस्य रहने प्राबधान छ ।

२०६० सालमा श्रृजनसिल बृद्धबृद्धा सेवा समिति आश्रम स्थापना भएको हो । बेसाहारा आमाबुवाको गतिलो सहारा बनेको आश्रममा हाल ३ जना छन । पहिले धेरै आमाबुवा भएको र केही मृत्यु र कोहीलाई परिवार सम्पर्कमा आएर लगेको आश्रम सञ्चालक समितीका उपाध्यक्ष लक्ष्मण पवन शर्माले बताए ।

समितिले आश्रमकै छेवैमा राममन्दिर स्थापनाको तयारी थालेको छ । यही महिनाभित्र राम मन्दिरको शिलन्यास गर्ने समितिको तयारी छ । मन्दिर निर्माणका लागि सहयोग गर्नुहुन स्थानिय सरकार र सहयोगीदाताहरुलाई समितीले आग्रह गरेको छ ।