टेकबहादुर पुन
दाङ,२७ फागुन । पीडितलाई क्षतिपूति र दोषीलाई कारवाहीको माग गर्दै बन्द भएको पूर्व–पश्चिम राजमार्ग चार घण्टापछि सञ्चालनमा आएको छ ।
फागुन २५ गते सवारी दुर्घटनामा मृत्युभएका आफन्तले दोषीलाई कारवाही र पीडितलाई क्षतिपूर्तिको माग राख्दै मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग लमहीको अर्जुनखोलामा बन्द गरेका थिए ।
सडकभरी ढुङ्गा राखी सडकमै बसेर धर्ना दिएपछि राजमार्ग बन्द भएको थियो ।
सवारी दुर्घटनामा मृत्युभएका लमही नगरपालिका वडा नं ७ कमानपुर निवासी ३५ बर्षीय बिष्णु थापामगरकी श्रीमती प्रिती थापासँगै परिवारका सदस्य र सर्र्वदलिय छलफलले मृतकका २ छोराछोरीलाई १२ कक्षासम्म अध्ययनको सुनिश्चितता गर्ने मृतककी श्रीमतीलाई रोजगारको पहलक गर्ने सहमतिपछि दिउँसो २ बजेदेखि बन्द राजमार्ग साँझ ६ बजेदेखि सञ्चालन भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
शिबरात्रीका दिन अर्जुनखोला पुलमा ४ वटा सवारी साधान आपसमा ठोक्किएका थिए । महेन्द्रनगरबाट काठमाण्डौंतर्फ जादै गरेको प्र.३–०१०२२ च १७५७ नम्बर को स्कारपियो र बिपरित दिशाबाट आउदै गरेको रा १ ह ६९१२ नम्बको अटोलाई ठक्कर दिएको थियो । लगत्तै अटोको पछाडी रहेका रा २ प ५३८० नम्बरको मोटरसाइकल र रा ७ प ३५२६ नम्बरको स्कुटी समेत ठक्कर खाएर दुर्घटना भएको थियो ।
चार वटै सवारी साधन र स्कारपियो चालक गोदावरी नगरपालिका–७ देविचौर ललितपुर निवासी ३१ बर्षीय दिनेशमान तामाङ प्रहरीको नियन्त्रणमा छन । दुर्घटनामा स्कुटी चालक लमही न.पा.७ हसनापुर बस्ने बर्ष २१ का बिश्व खड्काको नेपालगञ्जमा उपचार भइरहेको छ । उनको टाउँकोमा चोट छ । अन्य घाईते भने उपचार पश्चात् डिस्चार्ज भईसकेका छन । मृतक बिष्णु थापाको न्युरो अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको थियो । शबलाई भेरी अञ्चल अस्पतालमा राखिएको छ । उनको शबलाई बुझी दाँह सँस्कार गर्न परिवार राजी भएको छ ।
छलफलमा प्रदेशसभा सदस्य अनुराग खड्का, लमही नगरपालिका प्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगीलगायत सुरक्षा निकाय प्रमुख, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।