तेस्रो हिरा डाँगी स्मृति कप फुटबल जारी, राईजिङ स्टार र साहारा सेमिफाइनलमा

लक्ष्मण बस्नेत
तुलसीपुर,२४ फागुन । राईजिङ स्टार फुटबल घोराही र साहारा फुटबल क्लब लखनउ ईन्डिया तेश्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०८० को सेमिफाइनलमा प्रवेश गरेका छ्न् ।

हिरा डाँगी फाउन्डेसन तुलसिपुरको आयोजनामा संचालित प्रतियोगिताको विहीवार भएको क्वाटर फाईनल खेलमा फर्साटिकर फुटबल क्लब रुपन्देहीलाई १ का विरुद्ध २ गोलले पराजित गर्दै राईजिङ स्टार फुटबल क्लब घोराहीले सेमिफाइनल यात्रा तय गरेको हो ।

उल्लेख्य दर्शकले खचाखच भरिएको अरनिको मैदान तुलसिपुरमा भएको कडा प्रतिस्पर्धात्मक खेलको १९ औ र ४८ औ मिनेटमा राईजिङ स्टारका जर्सी न ११ का जमिर मिया टिमलाई २-० को अग्रता दिलाए । खेलको दोस्रो हाफ्मा आक्रमक रुपमा प्रस्तुत भएको फर्साटिकरका तर्फबाट खेलको ८७ औ मिनेटमा जर्सी न २६ का बालराम न्यौपाने ले जवाफी गोल गरे ।

खेलमा राईजिङ स्टारका जमिर मिया म्यान अफ द म्याच घोषित भए । त्यस्तै दोस्रो क्वाटर फाइनल खेलमा युएनबिसी फुटबल क्लब घोराहीलाई २ का ३ गोलले पराजित गर्दै साहारा फुटबल क्लब लखनउले सेमिफाइनल तय गरेको हो । कडा प्रतिस्पर्धा र रोमाञ्चक खेलको ११ औ मिनेटमा युएनबिसीका जर्सी न १२ का दिवश छन्त्याल गोल गर्दै टिम लाई एक सुन्यको अग्रता दिलाए भने जर्सी न ८० का पुष्कर खड्काले पहिलो हाफको थप ३ मिनेटमा पेनाल्टी अवसरको सदुपयोग गर्दै गोल गर्न सफल भए ।

गोल गर्ने थुप्रै अवसर गुमाएको साहाराका तर्फबाट पहिलो हाफको थप ३ मिनेटमा जर्सी न ७ का हिमान्सु थापाले जवाफी गोल गर्न सफल भए । दोस्रो हाफमा लयमा आएको साहाराका जर्सी न ५ का दिपेनसिह ठकुरीले खेलको ८२ औ मिनेटमा गोल गर्दै टिमलाई बराबरीमा पुर्‍याउन सफल भए भने जर्सी न १८ का निरन्जन शाहीले ९० औ थप गोल गर्दै टिमलाई ३-२ को जित दिलाउन सफल भए ।

खेलको म्यान अफ म्याछ जर्सी ५ का दिपेनसिह ठकुरी भए । प्रतियोगिता अन्तरगत शुक्रवार दिउँसो पहिलो सेमिफाइनलमा एपिएफ लुम्बिनी प्रदेश र राईजिङ स्टार घोराही भिड्नेछन् । खेल दिउँसो २ बजे पछि हुनेछ । त्यस्तै दोस्रो सेमिफाइनलमा टरिगाउ युवा क्लब तुलसिपुर र साहारा फुटबल क्लब लखनउ भिड्नेछन् । खेल फागुन २६ गते दिउँसो हुनेछ ।

स्थानीयस्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र व्यवसायिक फुटबल खेलको विकासमा थप टेवा पु(याउने उद्देश्यका साथ संचालित प्रतियोगितामा उपाधि चुम्ने टिमले नगद २ लाख पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद एक लाख, कप ,मेडल, प्रमाणपत्र हात पार्ने प्रतियोगिताका संयोजक प्रितीबहादुर गिरिले जानकारी दिएका छन् ।

त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रर्दशन गर्ने व्यक्तिगत बिधातर्फ सर्वोउत्कृट खेलाडी,उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही ५ हजार ट्रफि र प्रमाणपत्र हात पार्नेछन । त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई नगद एक हजारसहित ट्रफी प्रदान गरिनेछ ।