दाङ क्रिकेट लिग सिजन–२ को उपाधि दंगाली लायन्सलाई

घोराही,१९ फागुन । नेपाल टेलिकम दाङ क्रिकेट लिगको दोश्रो सिजनको उपाधि दंगाली लायन्सले जितेको छ । दाङ क्रिकेट संघको आयोजनामा भएको लिगको फाइनल खेलमा ४५ रनले तुलसीपुर रोयल्सलाई पराजित गर्दै दंगाली लायन्सले उपाधि जितेको हो ।

घोराही क्रिकेट रंगशाला भएको खेलमा दंगाली लायन्सले दिएको १०८ रनको लक्ष्य पछ्याउने क्रममा तुलसीपुर रोयल्स १६ ओभरमा सबै विकेट गुमाएर ६२ रनमा समेटिन पुगेपछि उपा िदंगाली लायन्सले हात पारेको हो । उपाधिसहित विजेता दंगाली लायन्सले २ लाख ५० हजार रुपैयाँ,ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता तुलसीपुर रोयल्सले नगद १ लाख रुपैयाँसहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ ।

दंगाली लायन्सको जितका गागि कप्तान बिपिन खत्रीले सर्वाधिक ४५ रन, बसिर अहमदले २४ रन, अंकित बुढाले ११ रनको योगदान दिनुभएको थियो । बलिंङतर्फ तुलसीपुर रोयल्सका अमरसिंह रौटेलाले सर्वाधिक ३ विकेट लिनुभएको थियो । त्यसैगरी रुपेश सिंह, भुवन कार्की, दिवान पुन र नबिन बिकले १÷१ विकेट लिनुभयो । दगाली लायन्सले निर्धारित २० ओभरको खेलमा ८ विकेटको क्षतिमा १०७ रन बनाउन सफल भएको थियो ।

तुलसीपुर रोयल्सको ब्याटिङमा रुपेश सिंहले २० र अमरसिंह रौटेलाले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । दंगाली लायन्सका बलर बसिर अहमदले सर्वाधिक ३ विकेट लिनुभएको थियो । सर्वाधिक विकेट लिनुभएका अहमद प्लेयर अफ द म्याच समेत घोषित हुुनुभएको थियो ।

यसैगरी बिपिन खत्री, बिरबहादुर घर्ती मगर, प्रकाश जैसीले समान २ विकेट र शंकर रानाले १ विकेट लिनुभएको थियो । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द सिरिज विजेता टिम दंगाली लायन्सका बसिर अहमद, उत्कृस्ट ब्याटर दंगाली लायन्सका सन्तोष कार्की, उत्कृस्ट बलर पुरन्धारा च्यालेन्जर्सका दिपेन्द्र रावत, उदयमान खेलाडी देउखुरी वारियर्सका शुभम खनाल घोषित हुनुभएको थियो । प्लेयर अफ द सिरिजले १५ हजार रुपैयाँ प्राप्त गर्दा उत्कृस्ट ब्याटर, बलर तथा उदयमान खेलाडीले समान १०÷१० हजार रुपैयाँ प्राप्त गर्नुभएको छ । फागुनको १४ गतेदेखि सुरुभएको प्रतियोगितामा पाँच वटा पÞm्रेन्चाइज् टिमको सहभागिता रहेको थियो ।
बिजेता दगाली लायन्सका खेलाडीहरु ।