घोराही,२८ माघ र एकिकृत अखिल नेपाल शिक्षक संगठन दाङको महिला विभाग गठन गरिएको छ । संगठनका जिल्ला अध्यक्ष झक्कुप्रसाद केसीको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष निमबहादुर केसीको प्रमुख आतिथ्यतामा शनिवार भएको भेलाले महिला विभागको अध्यक्ष जयन्ता घिमिरेलाई बनाएको हो ।
उक्त भेलालाई सम्वोधन गर्दै केन्द्रीय उपाध्यक्ष केसीले शिक्षकहरुले नविनतम विधिको प्रयोग गरेर पठनपाठनमा ध्यानदिनुपर्ने बताएका थिए । बद्लिदो समयको आवश्यकतालाई बुझेर कक्षा कोठाहरुलाई विद्यार्थी तथा प्रविधिमैत्री बनाउँदै पठनपाठनलाई प्रभावकारी बनाउन ध्यानदिनुपर्नेमा जोड दिएका थिए ।
उक्त भेलालाई नेकपा माओवादी केन्द्र दाङका लुम्बिनी प्रदेश सदस्य तथा जिल्ला सचिव विश्वराज आचार्य,प्रदेश सदस्य शोभाराम धिताल, केन्द्रीय अर्थ उपमहासचिव गणेशप्रसाद रिजाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । नवगठित महिला विभाग अध्यक्ष जयन्ता घिमिरेलाई सवै महिलाहरुलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाएकी थिइन । बिष्णुप्रसाद भण्डारीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव शिवनारायण चौधरीले गरेका थिए ।