शिक्षक अधिकारीको बिदाई

दाङ,२२ माघ । दाङको घोराही उपमहानगरपालिका वडा नं १५ काठेकोल स्थित सरस्वती माध्यमिक विद्यालय भरपुरले एक कार्यक्रमको आयोजना गरी शिक्षक उज्ज्वल अधिकारीको बिदाई गरेको छ ।

प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद सीटिईभिटि लुम्विनी प्रदेश कार्यालयले लिएको सेवा करारमा छनौट भई रोल्पा बहु प्राविधिक शिक्षालय, मेवाङ रोल्पामा आई टि प्रशिक्षकमा नियुक्ती लिई जान लाग्नु भएका कम्प्यूटर शिक्षक अधिकारीलाई विद्यालयले बिदाई गरेको हो । शिक्षक अधिकारीले बिहानी सत्रमा डिप्लोमा तह सूचना प्रविधि र दिवा सत्रमा मा.वि तहमा कम्प्यूटर बिषय अध्यापन गर्नुहुन्थ्यो ।

विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलको सभापतित्वमा एंव विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विवेक श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको बिदाई कार्यक्रममा बोल्ने बक्ताहरुले शिक्षक अधिकारीले सरस्वती माध्यमिक विद्यालयमा रहदा संस्थालाई पू¥याएको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका सदस्य बुद्धिप्रकाश पौडेल, सहायक प्रधानाध्यापकहरु प्रकाश डाँगी र दिपककुमार श्रेष्ठ, मा.वि कोर्डिनेटर कुलशेखर शर्मा, प्लस टु कोर्डिनेटर हेमराज शर्मा लगायतकाले बिदाई मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

शिक्षक अधिकारीलाई टिका, अविर, फूलमाला लगाएर बिदाई गरिएको थियो । बिदाई भएर जान लाग्नु भएका शिक्षक उज्ज्वल अधिकारीलाई बिद्यालयका तर्फबाट मायाको चिनो समेत प्रदान गरिएको थियो । कार्यक्रमको सहजिकरण प्लस टु कोर्डिनेटर हेमराज शर्माले गर्नु भएको थियो ।