जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगितामा रोजी बड्स प्रथम

घोराही,१८ माघ । दाङ भएको तेस्रो जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगितामा रोजी बड्स लमहीका विद्यार्थी प्रथम भएका छन् । घोराही उपमहानगरपालिका–१६ रहेको राप्ती इञ्जिनियरिङ कलेजको आयोजनामा शुक्रबार कलेजको प्रांगणमा भएको प्रतियोगितामा रोजी बड्सका छात्र ऋृषिकेश चौधरी, साहिल चौधरी र छात्रा स्वीकृति भुषालले २ सय २० अंक प्राप्त गर्दै प्रथम भएका हुन् ।

यसैगरी प्रतियोगितामा दाङ भ्याली कलेजका छात्र पिताम्बर यादव, आयुष पोख्रेल र छात्रा एन्जिलिना डाँगीले २ सय अंक प्राप्तगरी द्वितीय स्थान हासिल गरेका छन् भने गोर्खा स्कुल लमहीका विशाल अधिकारी, निरज शर्मा र छात्रा उपासना आलेले १ सय ९० अंक प्राप्त गरी तृतीय स्थान हासिल गरेका हुन् ।

त्यस्तै प्रतियोगितामा गोर्खा तुलसीपुरका छात्र रिजोन बस्नेत, शिवराज वली र छात्रा अप्रेना केसीले १ सय ८० अंक प्राप्तगरी सान्त्वना स्थान हासिल गरेका थिए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यालयका विद्यार्थीहरुलाई क्रमशः नगद, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख विनोद गौतमले विद्यार्थीहरुका लागि क्षमता अभिवृद्धि गर्नेजस्ता प्रतियोगिता आयोजना गर्ने राप्ती इञ्जिनियरिङ कलेज र प्रतियोगितामा सहभागी प्रतिस्पर्धी विद्यार्थीहरुलाई धन्यवाद गर्दै विजयी हुने विद्यार्थीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा आदर्श मावि देउपुरका शिक्षक वसन्तराज अधिकारी गोर्खा स्कुल तुलसीपुरका विज्ञान कोर्डिनेटर विष्णुप्रसाद भण्डारी, गुरु जरुर मावि तुलसीपुरका विज्ञान विषयका कोर्डिनेटर चन्द्र बहादुर केसी, गोर्खा स्कुल घोराहीका विज्ञान विषयका शिक्षक थम्मन बस्नेतले मन्तव्य व्यक्त गर्दै राप्ती इञ्जिनियरिङ कलेजले दाङमा इञ्जिनियरिङ पढाइमा ठूलो भूमिका खेलेको भएको थियो । यस कलेजले आयोजना गरेको जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगिताले विद्यार्थीहरुमा थप हसौला प्रदान गरेको र यस्ता प्रतियोगिताले विद्यार्थी बाह्य क्षमता अभिवृद्धिसँगै बौद्धिक ज्ञानमा उत्कृष्टता थपिने बताएका थिए ।

प्रतियोगितामा जिल्लामा रहेका गोर्खा स्कुल घोराही, जनज्योति विद्यामन्दिर घोराही , गुरुकुल एकेडेमी घोराही, गोर्खा स्कुल तुलसीपुर, हिमाल एकेडेमी तुलसीपुर, गोर्खा स्कूल लमही, दाङभ्याली कलेज घोराही, रोजी बर्ड्स स्कुल लमही, पद्मोदय पब्लिक नमूना मावि घोराही, पब्लिक ज्यानज्योती तुलसीपुर, मावि रझेना घोराही, आदर्श स्कूल देउपुर, सिद्धरत्ननाथ स्कुल नारायणपुर, सिद्धार्थ एकेडेमी घोराही र गुरुजजुर मावि तुलसीपुर गरी १५ वटा विद्यालयका विद्यार्थीहरुले सहभागी जनाएका थिए ।

कलेजले बिगत तीन वर्षदेखि निरन्तर रुपमा जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ । कार्यक्रमलाई थप व्यवस्थित र रमणीय बनाउका लागि कलेजका विद्यार्थीहरुले विभिन्न नृत्यहरु प्रस्तुत गरेको थिए । कलेजका व्यवस्थापन समितिका अध्यक्ष डा. भिमसेन गिरीको अध्यक्षता एवं घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख विनोद गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कलेजका प्रीन्सीपल रेशम गिरी, जिल्लामा रहेका कलेज तथा विद्यालयका प्राचार्य ÷ प्रतिनिधि र विद्यार्थीहरुको सहभागी रहेको थियो । कलेजका डाइरेक्टर मधुसूदन वैद्यको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण कलेजका आइटी विभाग प्रमुख विश्ववन्धु थापाले गरेका थिए ।