टेकबहादुर पुन
लमही,१२ माघ । लमही–७ बन्गैँमा रहेको स्वर्गद्वारी हरियाली सामुदायिक बन उपभोक्ता समूहको अध्यक्षमा निरञ्जन सिह ठकुरी चुनिएका छन ।
समितिको २४ औँ साधारणसभाबाट ठकुरी निर्बिरोध चयन भएका हुन । ठकुरी यसअघि पनि वन समूहको अध्यक्ष रहेका थिए । साधारणसभाबाट उपाध्यक्षमा कुमार चौधरी, सचिव सिताराम चौधरी, सहसचिव बिनोदकुमार देवकोटा, कोषाध्यक्षमा शोभा श्रेष्ठ निर्बिरोध चयन भएका छन ।
त्यस्तै सदस्यहरुमा बेफुराम चौधरी, भीमकुमारी पुन, माया बिक, बमकुमारी चौधरी चयन भएका छन । साधारणसभाले सल्लाहकार भगवानदिन यादव र दुर्गाबहादुर बुढामगर चयन गरेको छ । कार्यलय सहयोगीमा सृष्टि परियार चयन भएकी छिन ।
समितिका अध्यक्ष निरञ्जन सिंह ठकुरीको सभापतित्व तथा सव डिभिजन बन कार्यालय लमहीका रेञ्जर दिवस परियारको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बार्षिक प्रतिबेदन सचिब सिताराम चौधरीले प्रस्तुत गरेका थिए । सृष्टि परियारको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा समितिका पूर्व सल्लाहकार राजु पुन मगर, पूर्व अध्यक्ष किरण शाह, सब डिभिजन बन कार्यालय लमहीका नरबहादुर थापा, कर्री चैलाही सामुदायिक बन समितिका अध्यक्ष कृष्ण खत्री लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन पूर्व सहसचिव कुमोद देबकोटाले गरेका थिए ।