तुलसीपुर,१२ माघ । मानवसेवा आश्रम भवन निर्माण सहयोगार्थ श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञको तयारी पूरा भएको छ । महायज्ञको उद्धघाटन माघ १३ गते शनिवार हुदैछ ।
माघ १३ गते दिनको साँढे १२ बजे मुख्यमन्त्री डिल्लीबहादुर चौधरीबाट महायज्ञको समुद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ। माघ १३ ते बिहान ११ बजेदेखि शोभा कलश यात्रा शुरु हुनेछ । शोभा यात्रामा विभिन्न भेषभुषा र संस्कृति झल्कने प्रदर्शनी हुनेछ ।
भागवत भास्कर श्रद्धेय कमलनयन गौतमले श्रीमद्भागवत ज्ञानविज्ञानको कथा वाचन गरने छन । महायज्ञमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कलाकारहरुद्वारा अभिनय, झाँकी लगायतका विभिन्न प्रदर्शनी हुनेछ ।तुलसीपुर उपमहानगरपालिका वडा नं ४ हलवारस्थित कालिकामालिका मन्दिर व्यवस्थापन समितिले मानवसेवा आश्रमको भवन निर्माणका लागि १ विगाह २ कठ्ठा जग्गा उपलब्ध गराएको थियो ।
महायज्ञबाट ५ करोड रकम संकलन गर्ने आयोजकको लक्ष्य छ । १५ करोडको लागत अनुमान गरिएको उक्त भवन आगामी २ वर्षभित्रमा निर्माण सम्पन्न गर्ने आश्रमको लक्ष्य समेत रहेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ स्थित हलवारमा मानवसेवा आश्रमको भवन शिल्यान्यास भइसकेको छ ।
घरपरिवारविहिन भई सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जिवन बिताउन विवश सहयोगापेक्षी मानवहरुको संरक्षण र व्यवस्थापनलाई थप प्रभावकारी बनाउन भवन निर्माण हुन गहिरहेको हो । हाल तुलसीपुर–६ गाईडरस्थित भाडाको घरबाट मानवसेवा आश्रम सञ्चालन हुँदै आएको छ ।
२०७८ वैशाख ३ गतेदेखि सो घरबाट सञ्चालन हुँदै आएको आश्रममा हाल महिला र पुरुष गरी ७१ जना संरक्षणमा हुनुहुन्छ । अरनिको मैदानमा महायज्ञ सञ्चालन हुने छ । महायज्ञ मुल आयोजक समितिका संयोजक डिल्लीबहादुर बस्नेतको अध्यक्षतामा शुक्रबार भएको बेैठक वसि तयारीको वारेमा जानकारी गराएको थियो । कार्यक्रमको सहजिकरण सदस्य सचिव बुद्ध प्रकाश सिंहले गरेका थए।