अपाङ्ग महासंघद्धारा सूचना तथा स्रोत सामाग्री वितरण

घोराही,११ माघ  । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशको आयोजनामा अपाङ्गताका सवालमा विद्यमान नीतिगत प्रावधान तथा पुनस्र्थापना सम्बन्धी सचेतनामूलक सामाग्री वितरण कार्यक्रम विहीवार घोराहीमा भएको छ ।

लुम्बिनी प्रदेशभरीका १०९ वटा स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्ष ज्युहरुलाई अपाङ्गता व्यवस्थापन तथा स्वास्थ्य पुनस्र्थापना सम्बन्धी कार्यमा सहज पुराउने उद्देश्यले उक्त सचेतना सामाग्री वितरण गरिएको हो । महासंघका प्रदेश अध्यक्ष हुमनाथ अधिकारीको अध्यक्षता तथा संघिय अध्यक्ष देविदत्त आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय तहका प्रमुख उपप्रमुखहरुलाई अपांगता व्यवस्थापन तथा स्वास्थ्य पु्नस्थापना सम्वन्धी कार्यमा सहजता गराउने उद्देश्यले सचेतना सामग्री वितरण गरिएको थियो ।

कार्यक्रममा परियोजना अधिकृत सन्दिप वि.क.ले सबैका लागि स्वास्थ्य सम्बन्धी पुनस्र्थापना हाते पुस्तिका, अपाङ्गतामैत्री सञ्चार निर्देशिका २०७३ र अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७४को पहिलो संशोधन २०७५ लगाएतका स्रोत सामाग्रीको आवश्यकता, महत्व र प्रयोग बारेमा जानकारी गराएका थिए ।

सूचना सामाग्री हस्तान्तरण गर्दै संघीय अध्यक्ष देवदत्त आचार्यले जनप्रतिनिधिहरुले अपाङ्गता भएका व्यक्तिहरुको लागि काम गर्न तीब्र इच्छा र चाहना भएपनि स्रोत सामाग्रीहरुको अभावका कारण समस्या भएको बताएका थिए । कार्यक्रममा महासंघका प्रदेश अध्यक्ष हुमनाथ अधिकारीले अपाङ्गता भएका व्यक्तिहरुको लागि स्थानीय सरकारले गरीरहेको सकारात्मक प्रयासमा आफुहरुले मलजल गर्ने प्रयास गरेको बताएका थिए । उनले कार्यक्रमले अपाङ्गताको सवालमा स्थानीय सरकार महासंघको सहकार्यमा थप बल पुग्ने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा घोराही उमपहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीले महासंघलगाएत अपाङ्गता क्षेत्र संघसंस्थाहरुको सहकार्यमा आफुहरु अगाडी बढीरहेको र महासंघको यसखालको कार्यक्रम तथा प्रकाशन गरीएका स्रोत सामाग्रीहरु आफुहरुलाई सहयोग मिल्ने भएको बताएकी थिइन ।

अपाङ्गता सम्बन्धी सचेतना तथा स्रोत सामाग्रीहरु लुम्बिनी प्रदेशका उपाध्यक्ष देवा डाँगी, कोषाध्यक्ष अजय कुमार शर्मा, सल्लाहाकार प्रतिमा शर्मालगायतले समुह÷समुहगत रुपमा उपाध्यक्ष तथा उपप्रमुखहरुलाई सामाग्री वितरण रेका थिए । प्रदेश उपाध्यक्ष देवा डाँगीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण प्रदेश व्यवस्थापक धिरेन्द्र विकले गरेका थिए ।