बबई रनिङ सिल्डको उपाधि सरस्वती मावि चरमटियालाई

लक्ष्मण बस्नेत
दाङ,१० माघ । बबई गाउँपालिका अन्तर बिद्यालयस्तरीय १६ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधि सरस्वती मावि चरकमटियाले जितेको छ ।

सरस्वती मावि चरकमटियाको आयोजना तथा बबई गाउँपालिकाको आर्थिक ब्यवस्थापनमा संचालित प्रतियोगितामा १२ स्वर्ण, ९ रजत र ६ कास्य पदक हात पार्दै सरस्वती मावि चरकमटियाले रनिङ शिल्ड जितेको हो ।

त्यस्तै लगातार तीन वर्ष जित निकाल्दै शिल्ड कब्जा गरेको मावि पदमपुर १२ स्वर्ण, ७ रजत र १० कास्य पदकका साथ द्वितिय हुदा सरस्वती जनता मावि गङ्गटे ५ स्वर्ण,४ रजत र ५ कास्य पदकका साथ तृतीय भएको आयोजक बिद्यालयले जानकारी दिएको छ ।

तीन दिनसम्म संचालन हुने प्रतियोगितामा पालिकास्तरका सामुदायिक तथा निजी बिद्यालय गरि १२ बिद्यालयको सहभागिता रहेको थियो ।