लक्ष्मण बस्नेत
दाङ, ९ माघ । दंगीशरण गाउँपालिका अन्तर बिद्यालयस्तरीय छैटौं राष्ट्र«पति रनिङ सिल्ड प्रतियोगिता–२०८० को उपाधि बीरेन्द्र नमूना मावि हेकुलीले जितेको छ ।
दंगीशरण गाउँपालिकाको आयोजना तथा बीरेन्द्र मावि हेकुलीको संयोजनमा तीन दिनसम्म संचालित प्रतियोगितामा १२ स्वर्ण, ५ रजत र ५ काश्य पदक हात पार्दै बीरेन्द्र माविले रनिङ सिल्ड जितेको हो । यसअघि लगातार तीन वर्ष जित निकाल्दै रनिङ कब्जा गरेको बिरेन्द्र मावि यसवर्ष पनि सिल्ड जित्दै नगद २० हजार हात पारेको छ ।
त्यस्तै जनता मावि बुटुनियाले ७ स्वर्ण, ७ रजत र ४ काश्य पदकका साथ द्वितीय भयो । उसले नगद १५ हजार हात पा¥यो । त्यस्तै सिद्धपृथ्वी मावि श्रीगाउ ४ स्वर्ण, ४ रजत र ४ काश्य पदकका साथ तृतीय भयो । उसले नगद १० हजार पा¥यो ।
प्रतियोगितामा श्रीगाउँ लाईफ भिजन ३ स्वर्ण, ५ रजत र २ काश्य पदकका साथ सान्त्वना भयो । तीन दिनसम्म संचालित प्रतियोगितामा एथलेटिक्स तर्फका ट्रयाक एण्ड फिल्डका १३ ईभेन्ट्स र भलिबल, कबडी छात्रा÷ छात्रमा कडा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा पालिकाका संस्थागत तथा सामुदायिक गरि ८ बिद्यालयको सहभागिता रहेको सचिवालय सदस्य प्रदिप चन्दले जानकारी दिएका छन् । प्रतियोगिताको समापन समारोह दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको अध्यक्षतामा भएको थियो ।
सो अबसरमा बिजेता बिद्यालय, खेलाडी तथा उत्कृष्ट खेल प्रदर्शन गर्ने एथलेटिक्स छात्रातर्फ वीरेन्द्र मावि हेकुलीका नेत्रा डाँगी,छात्रतर्फ जनता मावि बुटुनियाका नारायण लामिछाने, कबड्डी छात्रतर्फ बीरेन्द्र मावि हेकुलीका ईन्द्र राना, छात्रा बीरेन्द्र माबिकै प्रमिला न्यौपाने, भलिबल छात्रातर्फ मावि श्रीगाउँका हुर्मती वली, छात्रतर्फ भानु मावि प्रसडुवाका जगतसिह खड्कालाई गाउँपालिका अध्यक्ष शम्भु गिरि, उपाध्यक्ष पिमा वली खड्का, शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख बिनोद अधिकारी, जिल्ला खेलकुद बिकास समितिका सदस्य सन्तोष वली,गाउँपालिकाका प्राबिधिक सहायक उमा केसी,बीरेन्द्र माबि बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ओमनारायण चौधरीलगाएतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रमको संचालन गाउँपालिकाका प्रेस संयोजक प्रमोद आचार्यले गरेका थिए ।