लमही, ७ माघ । सशस्त्र प्रहरीले २३ औं सशस्त्र प्रहरी दिवस २०८० को अवसरमा बतृत्वकला प्रतियोगिता गरेको छ । २३ औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजीत ‘सिमा सुरक्षा संवेदनशिलता र सशस्त्र प्रहरी वल नेपालको भुमिका’ विषयक बतृत्वकला प्रतियोगितामा लमही नगरपालिका भित्रका सरकारी तथा निजी विद्यालयका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
सशस्त्र प्रहरी बल नेपाल नं ४१ रिजर्भ गण हेक्वा चन्नौटा कपिलबस्तुका गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टको प्रमुख आतिथ्यमा गण परिसर भित्र भएको बक्तृत्वकला प्रतियोगितामा ९ वटा विद्यालयका १६ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । उक्त बक्तित्वकला प्रतियोगितामा गोर्खा मोडेल सेकेण्डरिका बिशाल अधिकारी प्रथम, गोर्खा मोडेल सेकेण्डरि स्कुलकै स्वस्तिका रेग्मी द्धितिय र जईन्द्र बोर्डिङ्ग स्कुलका प्रेजिना रावतले तृतिय स्थान हासिल गरेका थिए ।
बक्तृत्वकला प्रतियोगिताको निर्णायक मण्डलमा लमही नगरपालिका शिक्षा शाखा प्रमुख अम्बिका शर्मा, पूर्ब जिल्ला शिक्षा अधिकारी जागेश्वर घिमिरे र पूर्ब शिक्षक दामोदर पाण्डे रहेको प्रवक्ता तथा सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक गोविन्द केसीले जानकारी दिएका छन् । कार्यक्रममा प्रमुख अतिथि गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरण चन्द्र भट्टले भोलि देशका कर्णधारका रुपमा रहेका बिद्यार्थिहरुले सिमा सुरक्षाको महत्व बुझ्न अति आबश्यक रहेको भन्दै प्रभाबकारि सुरक्षाको लागी नागरिक र सशस्त्र प्रहरी बल बिचको समन्वय आवश्यक रहेको बताएका थिए । त्यस्तै भट्टले सवैको प्रयासबाट मात्र सिमा सुरक्षा र शान्ति सुरक्षा सम्बभ हुने बताए ।
उनले पछिल्लो समयमा बिद्यार्थिहरुमा देखिएको बढ्दो बिदेश पलायनले राष्ट्रिय सुरक्षामा प्रतिकुल असर पार्ने भएकाले यहि भुमि भित्र अबसर खोज्नुपर्नेमा जोड दिएका थिए । ‘अहिले धेरै जसो बिद्यार्थीहरु विदेश पलायन हुनुभएको छ यहि नेपालको भुमिमा अवसर खोज्नुपर्छ –उनले भने ।’ कार्यक्रममा शिक्षक, बिद्यार्थी , संचारकर्मी गरी सशस्त्र प्रहरीहरु गरि २३० जनाको उपस्थिति भएको थियो । बतृत्वकला प्रतियोगिताको सहजिकरण सशस्त्र प्रहरी निरीक्षक सन्तोष डाँगीले गरेका थिए ।