दाङ,२८ पुस । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले राप्ती नदिमा भएको बस दुर्घटनाका घाइतेहरूको उपचारमा सबै प्रकारको उपाय अपनाउन अस्पताल र स्वास्थ्यकर्मीहरूलाई आग्रह गरेका छन् ।
गएराति नेपालगञ्जबाट काठमाण्डौ जाँदै गरेको बस राप्ती उपत्यकाको राप्ती नदिमा खसेको जानकारी पाउना साथ भालुवाङ अस्पतालका चिकित्सकलाई प्राथमिक उपचारमा लाग्न र जटिल अबस्था भएकाहरूलाई ढिलो नगरी उपचार गर्न निर्देशन दिएका हुन ।
स्वास्थ्य मन्त्री खनालले रिफर गरेर पठाउने अस्पताललार्इ पनि घाइतेहरू पठाउन थालिएकाले उपचारका लागि तयारी अबस्थामा रहन आग्रह गरेका हुन ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खनालले दुर्घटनामा परि निधन भएकाहरूप्रति श्रद्धाञ्जली प्रकट गर्दै घाईतेहरूको सिघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् । नेपालगबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस राप्ती उपत्यका अन्तर्गत राप्ती नदि पुलघाबाट नदिमा खसेको थियो ।