टेकबहादुर पुन
देउखुरी,२५ पुस । लमही नगरपालिका–७ बनघुस्रीमा रहेको कर्री सामुदायिक बन उपभोक्ता समूहको २३ औं बार्षिक साधारणसा सम्पन्न भएको छ ।
साधारणसभाले पुन किशोर कुमार घर्तीमगरको कार्यसमितिलाई निरन्तरता दिएको छ । जसअन्तर्गत वन समूहको उपाध्यक्षमा देबा वली, कोषाध्यक्ष हरिराम चौधरी, सचिब छोट्कनिया चौधरी, सहसचिब पबित्रा घर्ती मगर रहेका छन् । त्यसैगरी सदस्यहरुमा दिलकुमारी पुनमगर, जिबे कामी, बासुदेबी चौधरी, उर्मिला चौधरी, मन्साराम यादब र धनबहादुर पुनमगर निर्बिरोध चयन भएका हुन ।
साधारणसभाले सल्लाहकार रणबहादुर घर्तीमगर, खोजीराम चौधरी र बेझु चौधरी चयन गरेको छ । कर्सी सामुदायिक वन समुहका अध्यक्ष किशोरकुमार घर्तीमगरको अध्यक्षता तथा लमही नगरपालिका–७ का वडा सदस्य सुनमाली कामीको प्रमुख आतिथ्य एवं डिभिजन बन कार्यालय लमहीका टोपबहादुर वलीको विशिष्ट आतिथ्यमा साधारणसभा भएको थियो ।
सचिब छोट्कनिया चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा पूर्व कोषाध्यक्ष शिबराज गिरीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सचिव छोटकनिया चौधरीले प्रगति तथा कोषाध्यक्ष हरिराम चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।