नेविसंघको आयोजनामा मावि मौरीघाटमा हाजिरीजवाफ प्रतियोगिता

गोरक्ष समाचारदाता
दाङ,२५ पुस । राप्ती गाउँपालिका–४ मा रहेको माध्यामिक विद्यालय मौरीघाटमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । नेपाल विद्यार्थी संघ इकाइ समितिको आयोजनामा भएको प्रतियोगिता सन्दिप विक,कृष्ण थापा, नारायण सुवेदी र मनिषा खत्रीको समुह प्रथम, जीवन घर्ती, बसन्त गिरी, अर्जुन घर्ती र लुमा खत्रीको समुह द्धितीय र सरोज गिरी, भरत गिरी, मषिा बस्नेत र रेनुका चौधरीको समुह तृतीय भएका थिए । बिजेतालाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

इकाइ अध्यक्ष खुमबहादुर चौधरीको अध्यक्षता तथा नेपाली कांग्रेस राप्ती गाउँपालिका सभापति विद्याशरण चौधरीको प्रमुख आतिथ्यता एवं नेपाल विद्याथी संघका जिल्ला अध्यक्ष कुलराज पोख्रेलको बिशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले बद्लिदो समयसँगै शैक्षिक सुधारका लागि ध्यानदिनुपर्ने बताएका थिए । बक्ताहरुले अहिले पढेलेखेका विद्यार्थीहरु बाहिर जानुपर्ने बाध्यता रहेको भन्दै त्यसलाई सुधार गर्दै आफ्नै देश र ठाउँमा गरि खाने प्रविधिमैत्री शिक्षाको आवश्यकता रहेको बताएका थिए ।

उक्त कार्यक्रममा नेपाल विद्यार्थी संघका जिल्ला सदस्य प्रकाश रेग्मी, अम्विकेश्वरी क्याम्पसका स्ववियु सभापति रणबहादुर खड्का, विद्यार्थी नेताहरु रमिला शर्मा, बिपना थापालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण पुजा कुँवरले गरेकी थिइन ।