राजपुरमा माघी मिलन तथा शुभकामना आदानप्रदान

शिवराज खनाल
दाङ, २४ पुस । राजपुर गाउँपलिकामा माघी मिलन तथ शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । थारु कल्याणकारी सभा राजपुरका अध्यक्ष मंगल चौधरीको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यता र गाउँपालिकाकि उपाध्यक्ष धनपतीदेवी यादवको विशेष अतिथ्यतामा कार्यक्रम भएको हो ।

राजपुर गाउँपालिका र वडा नम्बर ४ को वडा कार्यालयको सहयोग तथा थारु कल्याणकारी सभा राजपुरको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि राजपुर गाउँपालिकाका अध्यक्ष बुढाथोकीले थारु जातिको उत्थानका लागि आफुले आफ्नो स्तरबाट सक्दो प्रयास गर्दैआएको बताएका थिए ।

कार्यक्रममा थारु कल्याणकारी सभा राजपुरको कार्यालय भवन निर्माणका लागि आफुले राजपुर पालिकाबाट ५÷५ लाख गरि दुईपटकमा १० लाख बजेट विनियोजन गरिदिएको र अहिले भवन निर्माण भइरहेको बताए । राजपुर गाँउपालिकाका उपाध्यक्ष धनपतीदेबि यादबले थारू समुदायको मुक्ति र सही नेतृत्वको विकासका लागि सबै एकताबद्ध भएर लाग्नुपर्ने बताइन् । उनले आफ्नो अधिकारसँगसँगै पहिचान र अस्तित्व बचाउन निरन्तर राजनीतिक सङ्घर्षमा भाग लिन आह्वान गरेकी थिइन् ।

कार्यक्रममा गढवा गाउँपालिकि उपाध्यक्ष शारदा कुमारी चौधरी,थारु कल्याणकारी सभा दाङ क्षेत्र नं. १ का सभापति प्रकाश चौधरी,थारु कल्याणकारी सभा क्षेत्र नं. १ का पार्षद हल्लुप्रसाद चौधरी,वडा नं. ४ का वडा अध्यक्ष रामेश्वर यादवलगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

थारु कल्याणकारी सभा राजपुरका सदस्य खुशीराम चौधरीको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा थारु कला सम्बन्धि विभिन्न प्रतियोगिताहरु प्रस्तुत गरिएको थियो भने कार्यक्रमको सहजीकरण सभाका सचिव रामबकश चौधरीले गरेका थिए । माघी मिलनका अबसरमा थारु समुदायले विभिन्न भेषभुषा तथा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।