स्ववियु सप्ताहव्यापी प्रतियोगिताका बिजयीहरु

दाङ,१६ पुस । घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा भएको स्ववियु सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ ।

पुसको १३ गतेसम्म भएका  प्रतियोगीतामा डोरी तान्ने प्रतियोगीतामा विएड चौथो वर्षका रियान्सु विसीको टिम प्रथम, विविएस दोस्रो वर्षका बर्षा न्यौपानेको समुह द्धितिय भएका थिए । कुर्सीदौडमा विविए तेस्रो सेमेष्टरका शुष्मा सुवेदी प्रथम, विविए पहिलो सेमेष्टका अस्पित गिरी दोस्रो, विविएस प्रथम वर्षमा अध्ययनरत अरुणा गिरी तेस्रो भएका थिए ।

लोकदोहीरी गिततर्फ विविएसतर्फ विनोद सेर्पाइलीको टिम प्रथम, विएडतर्फको सुशीला पोख्रेलको टिम दोस्रो, विएडतर्फ कै जीवन डिसीको टिम तेस्रो भएका थिए । फुटसलतर्फ विविएस (ए) हरि नेपालीको टिम प्रथम, विविएस (बि) पारस जिएमको टिम दोस्रो भएका थिए । पुरुष भलिवलतर्फ विविएस तेस्रो वर्षका सन्देश गोराथोकीको टिम प्रथम, बिएड दोस्रो वर्षका अनिसकुमार चौधरीको टिम दोस्रो भएको थियो । महिला भविबलतर्फ विएडका अनु वुढा मगरको टिम प्रथम, विविएका दुर्गा केसीको टिम दोस्रो भएको थियो ।

क्रिकेटतर्फ विविएस तेस्रो वर्षका सन्देश गोराथोकीको टिम प्रथम,विएड चौथो वर्षका एकराज डाँगीको टिम दोस्रो भएको थियो ।  बादविवाद प्रतियोगीतातर्फ चन्द्रप्रकाश नेपाली प्रथम, मदन परियार दोस्रो, कौशिला शर्मा र जया वस्नेत तेस्रो भएको महेन्द्र महुमुखी क्याम्पका स्ववियु सचिव बसन्तप्रसाद भण्डारीले जानकारी दिए ।

महेन्द्र बहुमुखी क्याम्पसको ६४ औं स्थापना दिवसको अवसरमा स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस घोराही दाङको आयोजनमा आइतवारदेखि स्ववियुसप्ताह सुरु भएको हो । क्याम्पसको स्थापना दिवसलाई भव्य रुपमा मनाउनका लागि लामो समयदेखि स्थगीत भएको स्थापना दिवस यस बर्षदेखि स्ववियुले मनाउन थालेको छ ।