बंगलाचुलीमा हत्या गरी कोइला खानीमा लुकाइएको अवस्थामा पुरुषको शव फेला

दाङ,१३ पुस। दाङको बंगलाचुली गाउँपालिकामा एक पुरुषको हत्या भएको छ । जिल्लाकाे घोराही उपमहानगरपालिका वडा नम्बर ६ अघरा निवासी शिवराज केसीको हत्या भएको हाे ।

केसीलाई हत्या गरी बंगलाचुली गाउँपालिका वडा नम्बर ४ को गदारी र फाँटाको जंगलमा रहेको कोइला खानीको सुरुङभित्र शव लुकाइएको अवस्थामा फेला पारेको स्थानीय अगुवा विक्रम डाँगीले जानकारी दिनुभयो । मृतक केसी घाेराही स्थित अघरा टाेल विकास संस्थाका अध्यक्ष समेत हुनुहुन्थ्यो । मृतक शिवराज केसी यहि पुष ८ गते घरदेखि बंगलाचुली जान्छु भनि हिडेको र सोहि दिन नै हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

 यसैविच हत्या आराेपमा दुईजनालाई नियन्त्रणमा लिईएकाे छ साथै   । केसीको हत्या आरोपमा बंगलाचुली गाउँपालिका वडा नम्बर ४ गदारी निवासी वर्ष ४३ का शेर बहादुर कवर र उनकि श्रीमती दिपा कवरलाइ भारतको नयाँ दिल्ली बाट नियन्त्रणमा लिईएकाे छ ।

उनीहरुलाई भारतिय प्रहरीले पक्राउ गरी नेपाल प्रहरीलाइ बुझाइसकेको बताइएको छ ।मृतक केसीलाई हत्या गरि कोइला खानीको करिव ५० मिटर  सुरुङ भित्र  लुकाएको भन्ने हत्या आराेपितकाे बयानकाे आधार खाेजतलास गर्दा साेहि स्थानमा शव   फेला पारिएको हाे ।

मृतक केसीको शवलाई जिल्ला प्रहरी कार्यालय दाङबाट आएको प्रहरी टोली, स्थानियबासी र जनप्रतिनिधिको टोलिले मुचुल्का तयार पारी राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पोष्टमाटमको लागि लगेको प्रहरीले बताएको छ । आर्थिक लेनदेनको कारण हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ।