दाङ, ९पुस । भोलि बुधबार पुस ११ गतेदेखि घोराही उपमहानगरपालिका स्तरीय १६ओैँ राष्ट्रपति रनिङ सिल्ड हुने भएको छ ।
आगामी पौष ११ गतेदेखि दाङको घोराहीस्थित गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घोराहीमा घोराही उपमहानगरपालिका स्तरीय १६ओैँ राष्ट्रपति रनिङ सिल्ड हुने भएको हो ।
साथै १६ओैँ राष्ट्रपति रनिङ सिल्डको समुद्घाटन लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले गर्ने आयोजकले जनाएको छ ।
राष्ट्रपतिको रनिङ सिल्डको तयारी पूरा भएको गोरखा स्कुलका प्रिन्सिपल मानसिं घर्तीले जानकारी दिएका छन् ।
घोराही उपमहानगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयको कक्षा १२ सम्मका विद्यार्थीहरू सहभागी रहने छन् ।
घोराही उपमहानगरपालिकाले हरेक वर्ष राष्ट्रपति रनिङ सिल्ड सञ्चालन गर्दै आएको छ ।