लक्ष्मण बस्नेत
दाङ,७ पुस । दाङ जिल्ला टेवल टेनिस संघको अध्यक्षमा ऋषिराज लहरे ‘अरुण’ चयन भएका छन् । संघको शनिवार भएको ७ औ अधिवेशनले ऋषिराज लहरेको अध्यक्षतामा सात सदस्यीय संघको नयाँ नेतृत्व सर्वसहमतिले चयन गरेको हो ।
जसको उपाध्यक्षमा नवीन राई, सचिव गुरुप्रसाद गौतम, कोषाध्यक्षमा नुपुर गुरुङ रहेका छन् । त्यस्तै संघको सदस्यमा सिताराम शर्मा आचार्य, सुरेश बिक, र सुरेन्द्रसिंह राठोर चयन भएको टेवल टेनिस प्रशिक्षक केशवप्रसाद श्रेष्ठले जानकारी दिएका छन् । त्यस्तै अखिल नेपाल टेवल टेनिस संघको केन्द्रिय अधिवेशन लागि दाङबाट संघका अध्यक्ष ऋषिराज लहरे र सदस्य सिताराम शर्मालाई केन्द्रिय प्रतिनिधि चयन गरिएको छ ।
यसैबिच अधिवेशन उद्घाटन समारोह संघका अध्यक्ष सिताराम शर्मा आचार्यको अध्यक्षता तथा राष्ट्रिय खेलकुद परिषदका पुर्व निर्देशक अर्जुन बिकको प्रमुख आतिथ्य, लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य टेकबहादुर बिकको बिशिस्ट आतिथ्य एवं दाङ जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष धुर्व आचार्य र कार्यालय प्रमुख शान्ति सोमैको रोहवरमा भएको थियो ।
संघका उपाध्यक्ष ऋषिराज लहरे अरुणको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन संघका सदस्य लक्ष्मण बस्नेतले गरेका थिए ।