दाङ,६ पुस । दाङकाे घाेराही ७ स्थित मावि साैडियारबाट सेवा निवृत्त भएका कार्यालय सहयाेगी मानबहादुर चाैधरीकाे विद्यालय विदाई गरेको छ ।
विद्यालय व्यस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईकाे अध्यक्षता तथा घोराही ७ का वडा अध्यक्ष खाेपिराम चाैधरीकाे प्रमुख आतिथ्यता एव बिद्यालय व्यवस्थापन समितिमा पूर्व अध्यक्ष भिमप्रकाश खड्काको विशिष्ट आतिथ्यमा कार्यक्रम गरि चौधरीलाई बिदाई गरेको हाे । २०४२ फागुनदेखि मावि साैडियारमा कार्यालय सहयाेगीमा कार्यरत चाैधरीलाई विद्यालयकाे तर्फबाट सम्मानपत्र,दाेसल्ला,करूवा,विद्यार्थीहरूले चाँदीकाे करूवा,कक्षा ११ र १२ का विद्यार्थीहरूले मायाकाे चिनाेले सम्मान गर्दै आैपचारिक रूपमा बिदाई गरिएकाे थियाे ।
विद्यालयका प्रधानाध्याक ज्ञानेन्द्र गाैतमकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रममा बाेल्ने बक्ताहरूले सेवा निवृत्त चाैधरीले विद्यालयलाई ३८ बर्षसम्म अतुलनिय सहयाेग गरेकाे भन्दै उच्च प्रशंसा गरेका थिए । उनीहरूले सेवामा रहदा इमान्दारिता,लगनशीलता र मेहनत गरेमा विदाइ हुदा समाजमा समेत सम्मान हुने बताएका छन् ।
त्यसअवसरमा विद्यालयका पूर्व अध्यक्षहरू बुद्धिप्रकाश चाैधरी,शरद बहादुर केसी,भिमप्रकाश खड्का,वडा अध्यक्ष खाेपीराम चाैधरीलगायतले सेवा निवृत चाैधरीकाे सेवा निवृत्त जीवन सुखमय विताेस भन्दै कामना गरेका थिए । कार्यक्रमकाे सहजीकरण विद्यालयका शिक्षक विष्णुराज चाैधरीले गरेका थिए ।