जन्मदिनको अवसमा समाज कल्याणलाई सहयोग

दाङ, ६ पुस । अनाथ तथा विपन्न बालवालिकाहरुलाइ पढाउदै आएको समाज कल्याण केन्द्र दाङलाइ सहयोग गर्न थालेका छन् । उनीहरुले समाज कल्याणले गरेको राम्रो काममा आफुहरुको सहभागिता जनाउन सहयोग गरेको बताएका छन् ।

घोराही निवासी दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष व्यवसायी नारायणप्रसाद भुसालले आफनो जन्मदिनको अवसरमा रकम सहयोग गरेका छन् । उनले आफनो पसलमा खुत्रुके राखेर अनार्थ तथा वालिकाका लागि रकम जम्मा गर्ने भएका छन् । जम्मा भएको रकम समाज केन्द्रलाई प्रदान गरिने केन्द्रका विन्दु दाहालले जानकारी दिइन् ।

त्यसैगरेर केन्द्रका सदस्य भारती पोख्रेलले पनि आफनो छोरीको जन्मदिनको अवसरमा रकम सहयोग गरेकी छिन् । यसैविच समाज कल्याण केन्द्रको बैठक सम्पन्न भएको छ । बैठकले जन्मदिनको अवसरमा रकम सहयोग गर्नेहरुलाइ जन्म दिनको शुभकामना दिदै शु स्वास्थ्य एवम दिर्घायुको कामना व्यक्त गरेको छ । बैठक केन्द्रका अध्यक्ष निर्मला गौतमको अध्यक्षतामा भएको थियो ।