शरद शर्मा मजगैया
दाङ, ६ पुस । तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा रहेको सगरमाथा बालबाटिका इङलिस बोर्डिङग स्कुलका विद्यार्थीहरुले लागु औषध दुव्यर्सनी विरुद्धको सचेतनामुलक नाटक प्रस्तुत गरिएको छ ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरि विद्यालयका विद्यार्थिहरुले लागुऔषध दुव्र्यशनीविरुद्ध नाटक प्रदर्शन गरेका हुन् । समाजमा लागुऔषध दुव्र्यशनले विद्यार्थीहरुमा परेकोे प्रभाव र न्यूनीकरणका बारेमा नाटक प्रस्तुत गरेको विद्यालयका कार्यक्रम प्रमुख शरद शर्मा मजगैयाले जानकारी दिएका छन् ।
कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरुले नाटक प्रदर्शन गरेका हुन् । विद्यायलयका प्रधानाध्यापक छविकुमार वलीको अध्यक्षता तथा नाटक प्रशिक्षक अनिता थापाको प्रमुख आतिथ्यतामा तथा विद्यालय व्यबस्थापन समितिका अध्यक्ष यमकान्त खरेललको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि थापाले नाटकमार्फत समाजमा हुने गरेका घटनाहरु उजागर गर्न सकिने बताएका थिए । उनले किताबमा पढेकोभन्दा नाटकमार्फत प्रस्तुत गर्दा विद्यार्थीहरुलाई बुझ्न सहज हुने बताए ।
विद्यालयका प्रधानाध्यापक वलीले विद्यार्थीहरुको चौतर्फि विकास गर्नको लागि विद्यालयले नाटक कक्षा, सांगितीक कक्षा लगाएतका विभिन्न कक्षाहरु सञ्चालन गर्ने बताए । लोक गित प्रतिस्ठान दाङका अध्यक्ष राजेन्द्र दाहालले गितसंगितको महत्वका बारेमा जानकारी गराएका थिए ।
विद्यालयका स्कुल कोर्डिनेटर तिकल डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण विद्यालयका कार्यक्रम प्रमुख शरद शर्मा मजगैयाले गरेका थिए ।