प्रिया स्मृती गजमेर
लमही,५ पुस । लमहीमा दुई दिने पाठ्य सामग्री सम्वन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । शिक्षा विकास तथा समन्वय इकाइ दाङको आयोजनामा कक्षा ५, ८ र १० को पाठ्यक्रम तथा पाठ्यसामग्री सम्बन्धि २ दिने अभिमुखीकरण कार्यक्रम विहीवारदेखि लमहीमा सुरु भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले गुणस्तरीय शिक्षा कसरी दिन सकिन्छ भन्ने कुरामा ध्यान दिन शिक्षकहरुलाई आग्रह निर्देशन दिएका छन् । आफ्नो दायित्व र धर्मलाई ख्याल गर्दै शिक्षकहरु गुणस्तरीय शिक्षाका लागि लाग्नुपर्ने बताएका हुन ।
हजारौं बालबालिकाको भविष्य बोकेर शिक्षण पेशामा लाग्नु भएको छ, शिक्षाको ज्योति बाडेर समाज र देशलाई सकारात्मक बाटोमा डोर्याउन मद्धत गर्न सबै शिक्षकहरुलाई आग्रह गरेका थिए । लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्रप्रसाद श्रेष्ठले कक्षा कोठामा प्रवेश गर्नु पूर्व शिक्षक मानसिक रुपमा तयार रहनुपर्ने बताए । शिक्षक हरेक विषयबस्तुमा पोख्त हुन जरुरी रहेको भन्दै उनले आफ्नो काम र कर्तव्यको बारेमा सचेत हुनुपर्ने बताएका हुन ।
लमही नगरपालिकाको समन्वयमा शुरु भएको कार्यक्रमको प्रशिक्षकमा आदर्श नमूना माध्यामिक विद्यालय देउपुरका प्राचार्य कुलचन्द्र पौडेल, माध्यामिक विद्यालय वनगाउँका प्रधानाध्यापक कृष्ण केसी, रुमालप्रसाद बसेल, खिमबहादुर शाह माध्यामिक विद्यालय कोलहीका शिक्षक शेरबहादुर डाँगी र आदर्श माध्यामिक विद्यालय देउपुरका शिक्षक तिलक गिरीलगायतको सहभागीता रहेको छ ।
कार्यक्रममा नगरपालिका भित्रका कक्षा ५, ८ र कक्षा दशसम्म पढाइ हुने २५ वटा सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको छ । शिक्षा विकास तथा समन्वय इकाइ दाङका प्राविधिक सहायक प्रमिला शर्माले कार्यक्रमको उदेश्य माथी प्रकाश पारेकी थिइन । कार्यक्रम सहजीकरण लमही नगरपालिका शिक्षा शाखाका प्राविधिक सहायक अम्विका शर्माले गरेका थिए ।