गोरक्ष समाचारदाता
घोराही, १ पुस । घोराही उपमहानगरपालिका–१३ मा रहेको धार्मिक पर्यटकिय क्षेत्र बराहक्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिको १३ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बराहक्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिका अध्यक्ष देवबहादुर घर्तीमगरको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं. १३ का अध्यक्ष डुल्लुराम पोख्रेलको प्रमुख आतिथ्यतमा भएको भएको साधारणसभामा बोल्ने बक्ताहरुले जिल्लाकै प्रतिष्ठित धार्मिकस्थलको विकास र संरक्षणका लागि सवैले ध्यान दिनुपर्ने बताएका थिए ।
धार्मिक क्षेत्रका विकासका लागि काम थालनी भएपनि विभिन्न कारणले रोकिदा समस्या सिर्जना भएको भन्दै सहभागीहरुले निर्माणधिन संरचनाहरुलाई पुरा गर्नेगरी लाग्न समितिलाई सुझाव दिएका थिए ।
साधारणसभामा नेपाली कांग्रेसका क्षेत्रीय कोषाध्यक्ष गोपाल भुषाल, नेकपा एमालेका जिल्ला सदस्य केशव गिरी, नेकपा माओवादी केन्द्रका दयाजी रोका, समितिका पूर्व सल्लाहकार रामभक्त भण्डारी, नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार सविन प्रियासन, नमछु गुम्बा व्यवस्थापन समितिका अध्यक्ष सतबहादुर रोकालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
साधारणसभामा समितिका कोषाध्यक्ष धनराज पुनले आर्थिक प्रतिवदन तथा सचिव शिव पुनले प्रगति प्रतिवेदन प्रस्तुत प्रस्तुत गरेका थिए ।
साधारणसभामा बराक्षेत्र ठाटी पौवा निर्माण कौरा बुढामगर र विक्रम बुढामगर, दुर्गा बुढामगर, रक्षा बुढामगर, बहादुर घर्तीमगर, कुमार रोकामगर, भागीमन रोकामगर, कमल रोकामगर, भेडाको प्रतिमा स्थापना गर्ने प्रेम बुढामगर र लक्ष्मी घर्तीमगर, भालेको प्रतिमा स्थापना गर्ने मुक्त बुढामगर, घण्टी मन्दिरलाइृ प्रदान गर्ने नारायणप्रसाद केसी, खिमबहादुर देवकोटा, दिलबहादुर रोकामगर, लभ चिन्हको सेल्फीस्ट्याण्ड निर्माण खिमबहादुर थापा, प्रेमलाल धर्मशाला निर्माण तथा अक्षकोष स्थापना गर्ने भोजराज पाण्डेय र बाशु पाण्डेय, स्वयसेवक परिचालन गर्ने नेपाल मगर संघ, बराह क्षेत्र मावि सेवार वनगाउँ, स्वालुट गोर्खा ट्रेनिङ सेन्टर,द ब्रेफ गोर्खा ट्रेनिङ सेन्दर , द होप ट्रेनिङ सेन्दरलाई सम्मान गरिएको थियो ।
समितिका दीबंगत आजीवन स्वर्गीय खिमबहादुर बुढाथोकी, तिलकबहादुर बुढामगर, गणेश रोका, टेकबहादुर गुरुङ,कमानसिंह विश्वकर्मा र रोहित पाण्डेलाई मनोपरान्त सम्मान गरिएको थियो । समितिका सदस्य दीपेन्द्र पुन मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव शिव पुनले गरेका थिए ।