दाङ,२९ मंसिर । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले नियमित रूपमा संचालन गर्दै आएको छन्द संगमको ६९ औं श्रृङखलाअन्तर्गत रचना बाचन कार्यक्रम सम्पन्न भएको छ ।
राप्ती साहित्य परिषद् दाङ शाखाको आयोजनामा भएको छन्द संगमको ६९ औं श्रृङ्खलामा साहित्यकारहरू उत्तमकृष्ण मज्गैया, पुरूषोत्तम खनाल, कमलमणि देवकोटा, नारायण नेपाल, डा हिमलाल पन्थी, खगराज न्यौपाने, बुनु लामिछाने, सन्तोष श्रेष्ठ, प्रकाश केसी, हरिप्रसाद पौडेल ‘स्वर्णशिखा’, धनसिंह गिरी, सुरेशकुमार पाण्डेय, विणा रोका, मुक्तिप्रसाद पोखेललगायतले रचनाहरू वाचन गरेका थिए ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा ‘समीर’को अध्यक्षता एवम् राप्ती साहित्य परिषद्का सल्लाहकार वरिष्ठ साहित्यकार उत्तमकृष्ण मज्गैयाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष टीकाराम उदासीले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा अक्षकोष संस्थापक चन्द्रप्रकाश देवकोटा, साहित्यकार डा लोकराज पराजुली , देबेन्द्रकुमार रिजाल, गोपाल भुषाल ‘अभिलाषीू’, गिरीराज पन्थी, जिवी चिन्तन, महेशकुमार न्यौपाने, नरेश खनाल, बिहानी श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । छन्द संगम कार्यक्रममा वाचित रचनाहरूको समीक्षा साहित्यकार नारायण नेपालले गरेका थिए ।
परिषद् दाङ शाखाका सदस्य विणा रोकाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण परिषद् दाङ शाखाका सचिव प्रकाश केसीले गरेका थिए ।