टेकबहादुर पुन
देउखुरी,२८ मंसिर । देउखुरीको लमहीमा लेडिज होस्टेल सञ्चालनमा आएको छ ।बिद्यार्थीहरुलाई लक्षित गरेर देउखुरी क्षेत्रमै पहिलो पटक लेडिज होस्टेल सञ्चालनमा ल्याइएको हो ।
लमही नगरपालिका–५ रातोडाँडामा सञ्चालनमा आएको होस्टेलको देउखुरी उद्योग बाणिज्य सघका अध्यक्ष कमलजंगसिह ठकुरीले उद्घाटन गरेका हुन । उद्घाटन गर्दै मन्त्री अध्यक्ष ठकुरीले बिद्यार्थीलाई सुरक्षित आबासका लागि लेडिज होस्टेलले महत्वपूर्ण भुमिका खेल्ने बताए ।
देउखुरीको लमही क्षेत्रमा अध्ययनरत महिला विद्यार्थी तथा कर्मचारीलाई लक्षित गरेर सुविधासम्पन्न होस्टेल सचालनमा ल्याएको सञ्चालिका निर्मला चौधरीले बताईन । उनका अनुसार होस्टेलमा ४० जना बस्न सक्ने क्षमता छ । कपडा धुनेदेखि खाना पकाउने, रासन खर्च, तातोचिसो पानी, बाथरुमसहितको सिँगल डबल कोठा, एनएलपी मास्टर डिग्री गरेका प्रशिक्षकबाट मोटिभेस्नल कक्षालगायतका सुबिधाहरु रहेको उनले बताइन ।
सिंगल बस्न चाहनेका निम्ति मासिक १३ हजार, २ जना बस्न चाहनेलाई ११ हजार ५ सय, ३ जनाका लागि १० हजार ५ सय र ४ जना का लागि १० हजार मासिक शुल्क कायम गरिएको सँचालिका चौधरीले जानकारी दिईन ।
टाढाबाट आउने बिद्यार्थी तथा कर्मचारीहरुलाई डेरा खोज्दैमा हैरानी ब्यहोर्नुपर्ने बाध्यता हट्ने विश्वास व्यक्त गरिन । लमहीमा होस्टेल सञ्चालनमा आएसँगै आफुहरु जस्ता विद्यार्थीका लागि सहजता हुने पृथ्यु टेक्निकल कलेजमा अध्ययनरत चितवन निवासी एलिसा रेग्मी बताउँछिन ।