कलश सहकारीको बाह्रौं बार्षिक साधारणसभा
दाङ,१६ मंसिर । कलश बचत तथा ऋण सहकारी संस्थाको बाह्रौं बार्षिक साधारणसभा आज शनिवार घोराहीमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष बालचन्द्र शर्माको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले कलश सहकारीले सहकारीका सवै सूचकको पालना गर्दै युवाहरुलाई समेटेर अघि बढेकोमा खुसी व्यक्त गर्नुभयो । देशको आर्थिक अवस्था नाजुक रहेको समयमा पनि कलशले नविनतम बचत योजना र उत्पादनभूमी सहुलियत ऋण लगानी गरी देशको आर्थिक बिकासमा टेवा पू¥याएको बताउनुभयो ।
सो अवसरमा बोल्दै जिल्ला सहकारी संघका महासचिव शुक्रराज भण्डारीले सहकारीकै माध्यमबाट आयआर्जनमूलक क्षेत्रमा लगानी गरी स्वंय सेयर सदस्यसंगै समाज र समग्र देशकै आर्थिक रुपमा टेवा पू¥याउने गरी लाग्नुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा सचिव विमल योगीले प्रगति,कोषाध्यक्ष नवराज भण्डारीले आर्थिक,लेखा सुपरीवेक्षण उपसमितिका संयोजक गेहेन्द्र वस्नेतले लेखा उपसमितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका उपाध्यक्ष नविन कुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बचत तथा ऋण सहकारी सघ दाङका अध्यक्ष विमल कुमार अधिकारी,घोराही उप महानगरपालिका सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख प्रेम केसी,राष्टिय सहकारी बैंकका प्रमुख डिल्लीराज दाहाल,नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) फिल्ड कार्यालयका प्रमुख विष्णु जोशी,नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी,संस्थाका संस्थापक तथा सल्लाहरकार साजिदा सिद्धिकी,सेयर सदस्य विष्णुप्रसाद पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
साधारणसभाका अवसरमा उत्कृष्ट बचत कर्ता सुजन डागी,असल ऋणी खिमा बुढाथोकी,बाल बचतकर्ता दिव्या आचार्य,सेयर सदस्यबृद्धिमा योगदान गर्ने ज्योतीपुञ्ज आवासिय मावि,जेष्ठ सेयर सदस्यहरु चन्द्रप्रसाद चौधरी,तेज बहादुर खत्री लगायतलाई सम्मान गरिएको थियो । यस्तै आ।व।२०७९÷०८० मा सवै भन्दा धेरै संरक्षित पुँजी फिर्ता कोषको रकम पाउने माधव खनाल,हरिहर आचार्य,गुरुप्रसाद खनाल,मंगला राणा,कृष्णा खनाल,धुव्रराज पौडेल,कालिका अधिकारी,रुपलाल चौधरी,दिनेश गौतम,श्रीकान्त अधिकारीलाई सम्मान गरिएको थियो ।
साधारणसभामा संस्थाको स्थापना दिवसका अवसरमा रत्तदान गर्नेहरुलाई सम्मान गरिनुका साथै भाग्यशाली सदस्य छनौटबाट बिजेता भएकाहरुलाई पुरस्कार प्रदान गरिएको थियो । संस्थाका प्रेस सल्लाहकार हेमराज शर्माले सहजीकरण गर्नुभएको भाग्यशाली सदस्य छनौट कार्यक्रमबाट गिरिराज पोख्रेलले प्रथम,तेज कुमार पाण्डेले दोश्रो,नविन चौधरीले तेस्रो र सूर्यप्रसाद पुन,सुशिल लामिछाने,पृथ्वीप्रसाद बुढा,रेखा आचार्य,हिमा खत्री,शारदा शर्मा,दिनेश कुमार पटवा क्षेत्रीले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव विमल योगीले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन संस्थाका सञ्चालक समितिक सदस्य इश्वरी प्रसाद आचार्यले गर्नुभएको थियो ।
