Goraksha

National Daily

सुपथ मूल्य पसलबाट ६ हजार किलो नून बिक्री

गोरक्ष समाचारदाता
दाङ, ८ मंसिर । दाङमा चाडपर्वका अवसरमा सञ्चालन भएको सुपथ मूल्यको पसलबाट ६ हजार किलो नून बिक्री भएको छ । सरकारले दसैँ, तिहार र छठलाई लक्षित गरी सञ्चालन गरेको सुपथ मूल्यको पसलबाट करिब एक महिनाको अवधिमा ६ हजार ३ सय किलो नून बिक्री भएको साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड घोराहीले जनाएको छ ।

सरकारले चाडपर्वको समयमा जनतालाई सहज रूपमा नून र चिनी बिक्री गर्ने उद्देश्यले गत असोज २१ गतेदेखि सुपथ मूल्यको पसल सञ्चालन गरे पनि यो वर्ष चिनीको अभावमा साल्ट टे«डिङ कर्पोरेन लिमिटेडले नून मात्रै बिक्री गरेको थियो । सुपथ मूल्यको पसल कार्तिक मसान्तसम्म सञ्चालन भएको थियो ।

सुपथ मूल्यको पसलबाट एक लाख १३ हजार चार सय मूल्यको ६ हजार तीन सय केजी नून बिक्री भएको साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड घोराहीका प्रमुख रामबाबुप्रसाद गुप्ताले जानकारी दिएका छन् । उनका अनुसार सुपथ मूल्यको पसलबाट प्रतिव्यक्ति ६ किलोका दरले एक हजार ५० जनाले नून खरिद गरेर लगेको बताए ।

‘चाडपर्वको समयमा जनताको सहजताका लागि चिनी र नून बिक्री गर्ने उद्देश्यले सुपथ मूल्यको पसल सञ्चालन गरेका थियौँ’, साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड घोराहीका प्रमुख गुप्ताले भने, ‘भारतबाटै चिनी नआउँदा पसलबाट बिक्री गर्न सकेनौँ । नून मात्रै बिक्री ग¥यौँ ।’ गुप्ताका अनुसार चिनी र नून बिक्री गर्दा धेरै उपभोक्ता आउने गरे पनि यो वर्ष नून मात्र भएकाले धेरै उपभोक्ता पसलमा नआएको बताए । सुपथ मूल्यको पसलबाट बजारमा खुला रूपमा २५ रुपैयाँमा बिक्री हुने आयोडिनयुक्त नून प्रतिकेजी १८ रुपैैयाँका दरले बिक्री गरेको थियो । चाडपर्वलाई लक्षित गरेर घोराहीमा साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड र तुलसीपुरमा खाद्य व्यापार संस्थाले चामलका लागि सुपथ मूल्यको पसल सञ्चालन गरेका थिए ।