सहिदको उच्च सम्मान आवश्यक : मन्त्री मास्की
खडग शर्मा पौडेल
घोराही, २४ कात्तिक । लुम्बिनी प्रदेशका अर्थ मन्त्री धनबहादुर मास्कीले सहिदहरुको सम्मानको लागि सधै सम्मान र सहयोग हुने प्रति बदता ब्यक्त गरेका छन् ।
र्घोराही १७ बेलभारमा सहिद ऋषि राधा स्मृति केन्द्रको प्रथम साधारणसभा तथा श्रद्धाञ्जली कार्यक्रम बोल्दै उनले दोहोरो भिडन्तमा मारिएका सामान्य भएपनि निर्दोष मान्छेलाई समेत हत्या गरिएको भन्दै सहिदहरुको स्मरण गरेका थिए ।
देशमा गणतन्त्र र परिबर्तन हजारौ सहिदको बलिदानीले प्राप्त भएको भन्दै सहिदलाई राज्यले उच्च सम्मान दिने बताएका थिए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अर्थमन्त्री मास्किले राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना जनयुद्धको कारणले नै आएको दाबी गरेका थिए । जनमतको आधारमा माओबादी कमजोर भयपनी सहिदका सपना साकार पार्न सक्ने स्थानमा आफुहरु रहेको बताएका थिए।
देशमा अहिले शुसानको थालनी भएको भन्दै उनले प्रचण्ड नेतृत्वको सरकारले समृद्धिको नजिर बसालेको दाबी गरेका थिए । केन्द्रको ऋषि राधा पार्क बनाउने योजनामा प्रदेश सरकारको पूर्ण सहयोग रहने बताए । कार्यक्रममा राप्ती गाउँ पालिकाका अध्यक्ष प्रकाश बिष्टले जनयुद्धका बेला गरिएका सबै बाचाहरु पूरा गर्न नसकिए पनि धेरै सकारात्मक कामको शुरुवात भएको बताएका थिए ।
ऋषि राधा स्मृति केन्द्रलाइ गाउँ पालिकाको तर्फबाट पूर्ण सहयोग रहने उनको प्रतिबदता थियो । स्मृति केन्द्रका जेष्ठ सदस्य शोभाकुमारी उपाध्यायको अध्यक्षतामा सप्पन्न कार्यक्रममा राप्ती गाउँ पालिकाका स्वास्थ शाखा प्रमुख नारायण रावत,शिक्षक देवीअधिकारी ,बिकास प्रकाश स्मृति प्रतिस्ठानका अध्यक्ष बसन्तराज शर्मा, नेकपा माओबादीका प्रदेश सदस्य रामचन्द्र घिमिरेलगाएतले मन्तव्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा ऋषि राधा स्मृति केन्द्रका अध्यक्ष बासुदेब घिमिरेले सस्थाको उद्देश्यका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन केन्द्रका रमेश अधिकारिले गरेका थिए ।