दाङ, २१ कार्तिक । गत शुक्रबार राती जाजरकोट केन्द्रविन्दु भएर गएको शक्तिशाली भूकम्पका कारण प्रभावित भएकाका लागि नारायणपुर उद्योग वाणिज्य संघले राहत सङ्कलन गर्ने भएको छ ।
संघको आज सोमबार बसेको आकस्मिक बैठकले भूकम्प पीडितका लागि राहत सङ्कलन गर्ने निर्णय गरेको हो । संघका अध्यक्ष अभियान बस्नेतको अध्यक्षतामा बसेको बैठकले भूकम्पमा परी जाजरकोट र रूकुम पश्चिम ठुलो मात्रामा जनधनको क्षति भएकोप्रति दुःख व्यक्त पनि गरेको छ ।
साथै राहत सङ्कलन कार्यमा सहभागी भई राहत सङ्कलन कार्यमा सहयोग पुर्याउन सबैलाई अपील पनि गरेको छ ।