अम्विकेश्वरीमा सञ्चालन हुने महायज्ञको तयारी
घोराही, १८ असोज । घोराही उपमहानगरपालिका–१८ मा रहेको अम्विकेश्वरी मन्दिरमा धार्मिक महायज्ञ लाग्ने भएको छ । मंन्दिरको संरक्षण र विकासका लागि महायज्ञ सञ्चालन गर्न थालिएको हो ।
मन्दिर व्यवस्थापन समितिले विहीवार पत्रकार सम्मेलनको आयोजना गरेर महायज्ञका बारेमा जानकारी दिएको हो । महायज्ञ यहि असोजको २८ गते घटस्थापनाका दिनदेखि अप्ठमीका दिनसम्म सन्चालन गरिने भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमुद पोख्रेलले जानकारी दिएका छन् ।
उनको धार्मिक महायज्ञको प्रमुख बाचकमा कोमल उपाध्याय रहेका छन् । मन्दिरको प्रमुख प्रवेशद्वारसँगै अन्य भौतिक संरचनाहरू निर्माणका लागि महायज्ञ सञ्चालन हुन थालेको हो । महायज्ञका अवसरमा गंगा आरती पनि हुने भएको छ । महायज्ञमा भगवान श्री रामका लिला कथा बाचन हुने मन्दिर ब्यबस्थापन समितिका सल्लाहकार नारायण अधिकारीले जानकारी दिएका छन् । त्यसैगरी वाल्मीकी रामायण आधुनिक शैलीमा प्रस्तुत गरिने भएको छ ।
त्यसअवसरमा बोल्ने बक्ताहरुले मन्दिरको गुरुयोजना बनाएर दिर्घकालिन विकासका लागि लाग्नुपर्ने बताएका थिए । अम्विकेश्वरी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमोद पोख्रेलको प्रमुख आतिथ्यता तथा घोराही उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष भरत अर्यालको प्रमुख आतिथ्यता एवं विश्वहिन्दु महासंघका केन्द्रीय सदस्य युवराज आचार्य, पाण्डबेश्वर महादेब मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष गणेश अधिकारीको विशिष्ट आतिथ्यतामा भएको थियो । पत्रकार सम्मेलनको सन्चालन दामोदर भुसाालले गरेका थिए । महायज्ञको सञ्चालनका लागि मुलसमितिलगायतका विभिन्न उपसमिति गठन गरिएको थियो
