दाङ,६ असोज । व्यवसायी माझ लोकप्रिय सफल व्यवसायी लिलाराम खड्का दाङ जिल्ला उद्योग बाणिज्य संघमा बाणिज्य उपाध्यक्षमा उम्मेदवार बनेका छन् ।
रोल्पा जिल्ला तत्कालिन तालाबाङ्ग गाबिसमा जन्मेका खड्का सरल र भद्र स्वभावका ब्यक्ति हुन । रोल्पा जस्तो दुर्गम क्षेत्रमा जन्मिएका खड्काको सुरुवाती शिक्षा स्थानीय तालाबाङ स्कुलबाट भएपनि उनले एसएलसी जुङ्गार हाइस्कुलबाट दिएका थिए ।
बाल्यकालदेखि नै सरल मिजासिला खड्का व्यवसायीमाझ लोकप्रिय छन । स्वभावका लिलाराम , साथीहरूसंग मिलनसार , कुनै पनि काम फत्ते नगरी विश्राम नलिने स्वभावका खड्का घोराहीमा स्थापित व्यवसायीका रुपमा परिचित छन् । खड्काको परिवार पहिलेदेखि ब्यापारमा आवद्ध रहेकाले खड्का पनि किराना तथा गल्ला ब्यबसायमा २०६० सालदेखि लागेको बताउँछन् ।
एक कार्यकाल बाणिज्य सदस्य भएर अनुभव बटुलिसकेका खड्का अहिले बाणिज्य उपाध्यक्ष पदमा उम्मेदवार भएका छन । थुप्रै सामाजिक काममा जोडिएका लिलाराम खड्का कोरोनाको समयमा खाद्यान्न बितरण , माक्स बितरण तथा उधोग बाणिज्य संघको अक्सिजन सिलिन्डर बितरणमा महत्त्वपूर्ण भुमिका खेलेका छन । थुप्रै संघ सस्थामा आबद्ध खड्का अन्तर्राष्ट्रिय रोल्पाली समाजको सधारण सदस्य , तालाबाङ्गी सेवा समाजको अध्यक्ष पनि हुन ।
ब्यापारिक हकहितमा लाग्ने सस्था प्रजातान्त्रिक उधमी संघका सचिव पनि हुन । साथै जनचेतना टोल बिकास सस्थाको उपाध्यक्ष भएर पनि जनताको सेवा गरेको अनुभव बटुली सकेका छन ।
सुरुवाती दिनदेखि नै ब्यापारसहित उपभोक्ता र ब्यापारीको समस्या र पीडा बुझेका लिलारामले आफ्नो व्यवसायिक यात्रालाई बेजोडको रफ्तार दिईरहेका लिलारामले आफ्नो व्यवसायिक यात्रालाई मात्रै हेरिरहेका थिएनन् । यो क्षेत्रमा समस्या भोगिरहेका व्यवसायीहरुको समस्यालाई पनि हेरिरहेका थिए । व्यवसायिक नेता बनेर व्यवसायिक क्षेत्रको समस्या निराकरण गर्ने अर्को इच्छा जाग्दै गयो ।
यसप्रति प्रेरित गर्ने उनका घरबेटी थिए – हुमाकान्त अधिकारी । ‘उहाँ हुमाकान्त अधिकारी बाले मलाई उद्योग वाणिज्य संघमा प्रतिनिधित्व गर्नु पर्छ भनेर प्रेरणा दिनु भयो,’ लिलाराम भन्छन्,‘यहाँकै प्रेरणाले मलाई उद्योग वाणिज्य संघको प्रतिनिधित्वा लागि इच्छा जाग्न थाल्यो । त्यसैले आफुले यस अघिको कार्यसमितिमा बाणिज्य सदस्य भएर सफलता पूर्बक काम गरेको बताए । उनले आफुलाइ साथिभाइहरुको पनि धेरै साथ र सहयोग रहेको बताएका छन ।
आफू सदैव व्यवसायीक हकहितमा लाग्ने मान्छे रहेको र सधैव ब्यापारी तथा उपभोक्तालाई फाइदा हुने योजना ल्याउने बताएका छन । आफू स्वम पनि सानो व्यावसायबाट आएको र आफुले साना व्यावसाय हरुको पिरमर्का सबै बुझेको हुदा आफुले सबै व्यावसायीहरुको हकहितमा लाग्ने बताए ।
आफुलाइ बिगत २० बर्षदेखि खाद्यान्न व्यावसायीको रुपमा स्थापित गरेका लिलाराम कम बोल्ने , कसैलाई पिरमर्का नपार्ने , अग्रजको सधैव सम्मान गर्ने तथा साथीभाइको अत्यन्तै प्रिय् मान्छेका रुपमा लिइन्छन । घोराही -१४ स्थित न्यू खड्का सप्लायर्सका प्रोपराइटर रहेका खड्का कोराेणा कालमा विभिन्न कार्यक्रम तथा कर सम्बन्धि सचेतना कार्यक्रममा प्रत्यक्ष लागेर सबै व्यावसायीहरुलाई सचेत गराउन लागि परेका ब्यक्ति हुन ।
उनी आफुलाइ कर्तव्य निष्ठावान ब्याक्तित्व ठान्दछ्न । उनी आफ्नो पारिवारिक इतिहास बताउदा उनका हजुरबुबा रघुलाल खड्का , बिर्टिस आर्मीको जागिर छोडेर २००७ सालको क्रान्तिमा लागेका थिए । उनका बुबा बिरबालाराम खड्का पन्चायतविरुद्धको आन्दोलनमा लगेको र केही महिना जेल परेको पनि बताउछन । आफू स्वम युवा अबस्थामा ज्यानको जोखिमको प्रवाह नगरि ६२/६३ आन्दोलनमा होमिएको बताउँछन् । उनी आफुले अग्रजबाट सदैव सत्य बोल्ने , सबैको हितमा हुने काम गर्नुपर्ने शिक्षा लिएको बताउछन ।