घोराही, ४ असोज । घोराही उपमहानगरपालिका–७ सौडियारमा रहेको माध्यामिक विद्यालय सौडियारले शुक्रबारदेखि अंग्रेजी मिडियमको पठनपाठन सन्चालन गर्ने भएको छ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईले बिद्यार्थीको पढ्न पाउने अधिकारबाट बन्चित गर्न नहुने भन्दै शुक्रबारबाट अग्रेजी माध्यमको पठनपाठन सन्चालन गरिने जानकारी दिएका छन् । भट्टराईले बिद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र गौतमलाई प्ले ग्रुपदेखि कक्षा ५ सम्म अग्रेजी माध्यमको पढाइ गर्न सन्चालन गर्न निर्देशन दिएको बिद्यालय ब्यबस्थापन समिति सदस्य जिउधन चौधरीले जानकारी दिए ।
चौधरीले आइतबारदेखि बिद्यालयको बिहानको प्लस टु र बिद्यालयको नेपाली मिडियमको पढाई पनि सन्चालन गर्न पनि बिद्यालयका प्रअ गौतमलाई निर्देशन दिएको बताए । बिद्यालयका प्रअ गौतमले पढार्इ सन्चालन गर्ने कुरामा सकारात्मक रहेको र सोही अनुसार शिक्षक र बिद्यार्थीलाई जानकारी गराउने बताए ।
बिब्यस अध्यक्ष भट्टराईले शिक्षकको जारी आन्दोलनमा बिब्यसको तर्फबाट ऐक्यबद्धता जारी गर्दै जायज माग तत्काल सरकारले पुरा गरेर शिक्षकलाई कक्षा कोठामा फर्किने बाताबरण बनाउनुपर्नेमा जोड दिएका छन । शिक्षकहरुको आन्दोलनलाई सफल बनाउन बिब्यसको तर्फबाट कालोपट्टी बाधेर सरकारलाई खबरदारी गर्न शिक्षकलाई बिद्यालयमा सहयोग गर्ने, तर सामुदायिक बिद्यालयमा दिनप्रति दिन बिद्यार्थी संख्या घट्दै गइरहेकाले बिद्यालय बन्द गर्ने कुरामा सहमत हुन नसक्ने अध्यक्ष भट्टराईले बताए ।