प्रतिष्ठानमा युरो सर्जरी सेवा प्रभावकारी बन्दै

घोराही, ३ असोज । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरो सर्जरी सेवा सुरु भएपछि प्रभावकारी बन्दै गएको छ ।
युरो सर्जन डा प्रवोध रेग्मीले गृह जिल्ला दाङ आएपछि प्रतिष्ठानमा युरो सर्जरी सेवा सुरु गरेपछि प्रभावकारी बन्दै गएको हो ।

रेग्मीले किड्नीमा भएको पत्थरी भएका हालसम्म झण्डै ४० जना विरामीको सफल अप्रेसन गरेको बताए । युरो सर्जरी सेवा सुरु भएपछि प्रतिष्ठानमा प्रोष्टेडसहित पिसाव सम्वन्धि सबै सेवा र प्रोष्टेड विरामीले पाउने प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले जानकारी दिएका छन् ।