लक्ष्मण बस्नेत
तुलसीपुर,३० भदौ । भुवनेश्वरी हार्डवयर प्रालि तुलसीपुरले शनिवार पलम्बर तथा पेन्टरसंग भेटघाट कार्यक्रम गरेको छ ।
प्रालिका संचालक नवीन राईको अध्यक्षतामा भएको कार्यक्रममा नेरोल्याक पेन्ट्स,किसान पाईप र मार्वल पाईपको गुणस्तर,विशेषता र कम्पनिले दिएको स्किम लगाएतका बारेमा जानकारी दिइएको थियो ।
कार्यक्रममा मार्वल पाईपका दाङ डिष्ट्रीब्युटर्स बिनोद भण्डारी,किसान पाईपका जिल्ला बजार प्रतिनिधि तुलसी गिरि , नेरोल्याक पेन्ट्सका जिल्ला बजार प्रतिनिधि बिजय बोहराले पाईप तथा पेन्ट्सका बारेमा जानकारी दिएका छन् ।
सो अबसरमा १२ जना पेन्टर तथा ८ पलम्बर गरि २० जनाको सहभागिता रहेको थियो । युवा व्यवसायी कमल डाँगीको स्वागत रहेको कार्यक्रमको संचालन लक्ष्मण बस्नेतले गरेका छन् ।