calander

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031

Goraksha

National Daily

दिव्यकुन्ज एकेडेमीमा तीज विशेष कार्यक्रम

निरला अर्याल
तुलसीपुर, ३० भदौ । तीजको महत्वलाई स्थान्तरण गर्दै कला संस्कृतिको संरक्षण गर्नु पर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । दिब्यकुन्ज एकाडेमी तुलसीपुर–७ को तिज मिलन कार्यक्रममा बोल्ने वक्ताहरुले हुने खाने भन्दा हुँदा खाने वर्गको अवस्थालाई मध्यनजर गरी तीज पर्व मनाउन सुझाव दिएका छन् ।

पछिल्लो समय पर्वको नाममा भएको तडक भड्कले गरीब परिवारमा खिन्नता उत्पन्न भएको भन्दै उनीहरुले सस्कृति मनाउने नाममा विकृतिजन्य गतिविधि नगर्न आग्रह गरेका थिए । सामाजिक सदभाव र एकता र पारस्परिक समबन्ध हुनुपर्नेमा जोड दिएका थिए । दिव्य कुञ्ज एकेडेमी तुलसीपुरको कोडिनेटर तथा शिक्षिका
भावना भटटाराई अध्यक्षतामा भएको कार्यक्रमममा संस्कृत विश्व विद्यालयमा सह प्राध्यापक निर्मला डाँगीले तीजलाई सांस्कृतिक, धार्मिक र सामाजिक हिसाबले मनाउन आग्रह गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय राष्ट्रिय समाचार समिति दाङ प्रमुख नारायणी रजौरेले परापूर्व कालदेखि मनाउँदै आएको तीज पर्वलाई धर्मिक सांस्कृतिक रूपमा मनाउने प्रचलन रहेपनि पछिल्लो समय फरक शैलीमा तीज पर्व मनाउन लागेको बताइन । दिव्यकुन्ज एकेडमीका संरक्षक सुरेश हमाल, अध्यक्ष्य मोहन भण्डारी, राप्ती बबई क्याम्पसका सहायक प्रम्रख डा प्रेम योग, मन्टेश्वरी एसोसिएसन दाङका अध्यक्ष दिप्ती रानाले सकारात्मक पक्षलाई आत्मसाथ गर्दै सामाजिक सद्भावका रूपले मनाउनु पर्ने बताएका थिए ।

युग परिवर्तन गर्न दक्ष जनशक्ति विद्यालय बट उत्पादन हुने भएकोले शिक्षा क्षेत्रमा लगानी गरेको बताएका थिए । विद्यालयकाशिक्षिका रिता केसीले स्वागत गरेको कार्यक्रमको सहजीकरण सहजीकरण शिक्षक पूर्ण केसी मुस्कानले गरेका थिए । तीज विशेष कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्रा विद्यालय व्यवस्थापन समिति, शिक्षक शिक्षिकी लगायतकाले आफ्नो प्रस्तुति राखेका थिए ।