calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

तेक्वान्दो खेलाडी रिजाललाई स्वर्ण पदक

घोराही,२९ भदौ । तेक्वान्दो खेलाडी ममता रिजालले ११ औँ कोरियाली राजदुत खुला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप–२०२३ मा स्वर्ण पदक जितेकी छिन् । घोराहीस्थीत अल्फा तेक्वान्दो डोजाङमा आवद्ध खेलाडी रिजालले उत्कृष्ठ प्रदर्शन गर्दै फाइनल खेलमा नेपाल आर्मीकी खेलाडीलाई हराउँदै स्वर्ण पदक जितेकी हुन ।

नेपाल तेक्वान्दो संघको आयोजना र कोरियाली राजदुतावासको सहयोगमा ललितपुरस्थीत सातदोबाटो कर्भटहलमा भएको ११ औँ कोरियाली राजदुत खुला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप–२०२३ मा ६३ केजी तौल समूहमा प्रतिष्पर्धा गरेकी रिजालले चार जना प्रतिष्पर्धी खेलाडी जित्दै फाइनल प्रवेश गरेकी थिइन । शुक्रवार भएको फाइनल खेलमा नेपाल आर्मीकी खेलाडीलाई हराउँदै स्वर्ण पदक हात पार्न सफल भएकी थिइन ।

सानो उमेरमै उत्कृष्ट खेल प्रदर्शन गर्दै आएकी खेलाडी रिजालले यसअघिका विभिन्न प्रतियोगिताहरुमा समेत स्वर्ण पदक जितेकी थिइन । प्रतियोगितामा अल्फा तेक्वान्दो डोजाङका २२ जना खेलाडीहरुको सहभागीता रहेको खेलाडी समेत रहेकी डोजाङकी प्रशिक्षक सुनिता विष्टले जानकारी दिएकी छिन् । प्रतियोगीता भदौको ३१ गतेसम्म चल्नेछ ।