११० औं बिपी जयन्तीका अवसरमा कविता प्रतियोगिता, सरस्वती माविकी छात्रा सरु प्रथम

घोराही,२४ भदौ । ११० औं बिपी जयन्तीका अवसरमा नेपाली कांग्रेस दाङले आयोजना गरेको अन्तर माध्यामिक विद्यालयस्तरीय कविता प्रतियोगितामा सरस्वती माध्यामिक विद्यालय गोवरडियामा कक्षा १० मा अध्ययनरत सरु विक प्रथम भएकी छिन् ।

प्रतियोगितामा सहभागी ५५ जना विद्यार्थीलाई पछि पार्दै सरु प्रथम हुन सफल भएकी हुन । प्रथम हुन सफल सरुले नगद दश हजारसहित प्रमाणपत्र प्राप्त गरेकी छिन् । त्यसैगरी प्रतियोगितामा माध्यामिक विद्यालय पथरगढवामा कक्षा १० मा अध्ययनरत सुनिता शेर्पाले द्धितिय र गुरुजज्ुर नमूना माध्यामिक विद्यालय रक्षाचौरमा कक्षा १० मा अध्ययनरत छात्रा मुना बुढाथोकीले तृतीय स्थान प्राप्त गरेकी छिन् । प्रतियोगितामा द्धितिय स्थान प्राप्त गर्न सफल सुनिताले नगद सात हजारसहित प्रमाणपत्र र तृतीय स्थान प्राप्त गर्ने मुनाले पाँच हजारसहित प्रमाणपत्र प्राप्त गरेकी हुन ।

प्रतियोगितामा महेन्द्र माध्यामिक विद्यालय भेडाबारी मुलावारीमा कक्षा १० मा अध्ययरत बञ्जिता पुन, माउण्डभ्यु बोर्डिङ स्कुल घोराहीमा कक्षा ९ मा अध्ययनरत अतिसा पोख्रेल र गोरखा बोर्डिङ स्कुलमा अध्ययनरत आयुष देवकोटाले सान्त्वना स्थान प्राप्त गरेका हुन । सान्त्वना स्थान प्राप्त गर्नेले नगद तीन हजारसहित प्रमाणपत्र प्राप्त गरेका थिए ।

नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको अध्यक्षतामा भएको प्रतियोगिताको निर्णाकमा साहित्यकार डा गोविन्द आचार्य, डा हिमलाल पन्थी र सन्ध्या रेग्मी रहेका थिए । प्रतियोगितामा ५६ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्रसहित यातायातको व्यवस्था नेपाली कांग्रेस दाङले गरेको थियो ।

बिपीको राजनीतिक एंव साहित्यिक योगदानको चर्चा

कार्यक्रममा लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिपी कोइरालाले प्रतिपादन गरेका सिद्धान्त र बिचारहरुलाई युवा पुस्ताका माझ पु¥याउन आवश्यक रहेको बताएका थिए । नेपाली कांग्रेस संस्थापक नेता बिपी कोइरालाको ११० औं जन्म जयन्तीका अवसरमा नेपाली कांग्रेस दाङले आइतवार घोराहीमा आयोजना गरेको अन्तरमाध्यामिक विद्यालयस्तरीय कविता प्रतियोगिताको उद्घाटनसत्रमा बोल्दै मुख्यमन्त्री चौधरीले बिपी कोइरालाको राजनीतिक एवं साहित्यिक योगदानको चर्चा गर्दै कोइरालाको योगदानलाई नयाँलाई नयाँ पुस्तामाझ बुझाउन आवश्यक रहेको बताए ।

उनले अहिलेको उपलव्धीको स्थायित्वसँगै कांग्रेसलाई बलियो र संगठित पार्टी बनाउनका लागि बिपीका बिचारहरु विद्यार्थीहरुसँगै युवापुस्तामाझ पु¥याउन पार्टीले गरेको कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रममा नेपाली कांग्रेस लुम्विनी प्रदेशका उपसभापति एवं लुम्विनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजु खनालले बिपी कोइरालाले प्रतिपादन गरेका बिचारहरुलाई हरेक व्यक्तिहरुले आफ्नो जीवनमा लागु गर्न आवश्यक रहेको बताए ।

उनले अप्ठेरो अवस्थामा देशलाई निकास दिनसँगै राजनीतिक जीवनमा त्याग,समर्पण, नैतिकतालगायतका धेरै कुराहरु बिपी कोइरालाबाट पार्टीका नेता तथा कार्यकर्ताहरुसँगै सर्वसाधारण नागरिकहरुले सिक्न आवश्यक रहेको बताए । नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले बिपी जयन्तीका अवसरमा मात्रै नभएकार बिपीका बिचारहरुलाई सवैद नेता तथा कार्यकर्ताहरुले सम्झनुपर्ने बताएका थिए । कार्यक्रमको सहजीकरण जिल्ला सचिव अर्जुन योगीले गरेका थिए ।