दाङ,२४ साउन । नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पस ईकाई समितिले संघको केन्द्रीय सदस्यमा मनोनित दुई विद्यार्थी नेताहरुलाई सम्मान गरेको छ । केन्द्रीय सदस्यद्धय निरज गिरी र रुद्रमणी रेग्मीलाई ईकाईले सम्मान गरेको हो । सम्मान कार्यक्रमmलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी संघका केन्द्रीय सदस्य निरज गिरीले नेविसंघमा आवद्ध सबै विद्यार्थीहरु लोकतन्त्रको मुल्य र मान्यतामा प्रतिवद्ध रहनु पर्ने बताए ।
शैक्षिक एजेण्डा सहित लोकतन्त्रलाई मजबुत बनाउने दायित्व पनि नेविसंघकै काँधमा रहेको भन्दै केन्द्रीय सदस्य गिरीले यो जिम्मेवारी पुरा गर्न नेविसंघकर्मीहरुका बिचमा मजबुत एकता अपरिहार्य रहेको बताए । ‘हामी नेविसंघकर्मीहरुको एजेण्डा शैक्षिक बिषय त भयो नै,यससंगै लोकतन्त्रलाई मजबुत बनाउने हाम्रो माउ पार्टी कांग्रेसको नीति, लक्ष पुरा गर्ने दायित्व पनि हाम्रै हो,’ गिरीले भने ‘लोकतन्त्रलाई मजबुत बनाउनका लागि हामी बिचमा बलियो एकता, सद्भाव अपरिहार्य छ ।’
पार्टीले अबलम्बन गरेका नीति कार्यान्वयनका लागि नेविसंघकर्मीहरु सिपाही बनेर उत्रनु पर्ने भन्दै केन्द्रीय सदस्य गिरीले पार्टीको यो अभियानमा सकृयतापुर्वक लाग्न आग्रह गरे । कार्यक्रममा बिशिष्ट अतिथीहरु नेविसंघ केन्द्रीय सदस्य रेग्मी, जिल्ला अध्यक्ष कुलराज पोख्रेल, स्ववियु सभापति मनोज डिसी,गणेश बिश्वकर्मा लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजिकरण ईकाई सचिव एकराज डिसीले गरेका थिए ।