तुलसीपुर, २३ साउन । तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर रिफरल सेन्टरको रुपमा परिचित छ । कुनै घटना दुर्घटना भयो भने कति वेला रिफर गर्ने भनेर लागेका हुन्छन । तरकारीमा विषादी कति छ,छ त्यो नापने यत्र छैन् ।
बधसालामा जिउँदो खसी काटिन्छकी मरेको मासु कुन खानु हुन्छ कुन खानु हुन कसले चेकगर्ने पत्रकार ओपेन्द्र बस्नेतका धेरै प्रश्न थिए । त्यस्तै तुलसीपुरलाई स्मार्ट सिटिको रुपमा घोषणा भएपनि स्मार्ट सिटिको अनुभुति हुन नसकेको अर्का पत्रकार नारायण खड्काको भनाई थियो । तुलसीपुरको मुख्य गेटको अवस्था कस्तो छ मुख्यद्धारमै यस्तो अवस्ता छ अनि कसरी स्मार्ट सिटिको सपना पुरा हुन्छ उनले भने ।
खड्काले तुलसीपुर असुरक्षीत छ भन्ने अहिले पनि देशभर हल्ला रहेको भन्दै तुलसीपुर सुरक्षीत छ भन्ने कसरी गराउने त्यो तर्फ लाग्न सुझाव दिए । तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले आयोजना गरेको पत्रकारहरु संगको भेटघाट कार्यक्रममा सल्लाह सुझाव दिदै पत्रकारहरुले प्रत्यक्ष जनजिवीकासंग जोडिएका सामान्य कुराहरु पुरा गर्नतर्फ स्थानीय सरकार लाग्नु पर्ने सुझाव दिएका थिए ।
त्यस्तै पत्रकार चेतन रेग्मीले तुलसीपुरलाई हरियाली बनाउने भनेर बृक्षारोपन गरेपनि त्यो विरुवाहरु हुर्कन नपाउँदा मर्ने गरेको सुनाए । त्यस्तै उनले तुलसीपुर बजारमा साँझ प¥यो भने नाक थुनेर हिडनुपर्ने अवस्था आएको बताए । उनले सेकुवाको धुवाले बस्नै नक्ने अवस्था आएको भन्दै त्यसको लागि स्थानीय सकारले पहल गर्नुपर्ने सुझाव दिए ।
त्यस्तै मुख्य सडकदेखि गाउँका सडकहरुमा खाल्डा खुल्डी हिलाम्मे हुने समस्या भएको भन्दै त्यसलाई सुधार गर्न सुझाव थियो । त्यस्तै उज्यालो तुलसीपुर भनेपनि संसाझै तुलसीपुर अन्धकार हुने गरेको भन्दै ठुला ठुला सडक बत्तिहरु राखेर तुलसीपुरलाई उज्यालो गराउन पत्रकारहरुको सुझावछ ।
त्यस्तै पत्रकार आशिस केसीले तुलसीपुरमा अटो रिक्साको व्यवस्थापन नहुँदा र मापदण्ड विपरीत सञ्चालन हुँदा दैनिक दुर्घटनाको जोखिम बढेको भन्दै अस्तव्यस्थ हुने गरेको बताए । त्यस्तै छाडा चौपायहरुको विगविगीले पनि दुर्घटना बढेको भन्दै त्यसलाई व्यवस्थान गर्न सुझाव दिए ।
त्यस्तै पत्रकार बंशीकुमार शर्माले तुलसीपुरको फोहर आफुहरुको घरखेतमा जाने गरेको भन्दै यसलाई व्यवस्थापन गर्न आग्रह गरे । उनले फोहर जथाभावी फाल्नेलाई कारवाहि गर्न पनि आग्रह गरे । त्यस्तै पत्रकारहरुले तुलसीपुरमा सिसि क्यामेरा जडान नहुँदा अपराध बढे, फोहर मैला व्यवस्थापन नहुँदा समस्या भएको र बजार ढाक्ने गरि फुटफाटका पसलहरुले गर्दा बजार कुरुपभएको भन्दै बजार व्यवस्थापनमा लाग्न सुझाव दिए ।
पत्रकार महासंघका जिल्ला सहसचिव दिपप्ती चौधरीले पातुखोलाको फोरहले त्यहाँ वरपर बस्नै नसक्ने अवस्था आएको भन्दै त्यसलाई व्यवस्थापन गर्न अनुरोध गरिन् । पत्रकार यमकला भुसालले उपमहानगरपालिका त्यसमा पनि पर्सेनिमा फोहर संकलन गर्ने गाडिहरु जान छाडेको भन्दै आफुहरु समस्यामा परेको गुनासो गरिन ।
कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले आफ्नो पहिलो काम आर्थिक दायित्वलाई कसरी हटाउने भन्ने रहेको बताए । ‘मेरो पहिलो र अर्जुन दृष्टी भनेको आर्थिक दायित्वलाई कसरी हटाउने भन्ने छ यो साल धेरै कम भएको छ अर्को साल सवै सुन्य बनाएर त्यसपछि विकासका कामलाई अगाडी बढाउने छौं –मेयर खडकाले भने ।’
उनले जनताले प्रत्यक्ष देख्ने गरि काम नभएको भनेपनि एक बर्षमा धेरै काम भएको सुनाए । उनले आर्थिक बर्ष २०७९÷०८० मा २८ करोड ५१ लाख राजश्वसंकलन भएको बताए । त्यस्तै तुलसीपुर उपमहानगरपालिकामा शिक्षा तर्फ पाठ्यक्रम निर्माण गरि पाठ्यपुस्तक प्रकाशन, शिक्षक दरवन्दी मिलान, विद्यालय भवन निर्माण, मेट्रो कलेज भवन निर्माण, ७१ जना छोरीहरुलाई निःशुल्क रुपमा डिल्लोमा तह अध्ययन गराएको बताए ।
त्यस्तै उनले उपलव्धीकै रुपमा मेट्रो अस्पतालमा दरवन्दी व्यवस्थापन विशेषज्ञ सेवा सुरु, विपन्न नागरिकलाई औषधी उपचार सहयोग, सुत्केरी जेष्ठ नागरिक, विपन्नलाई एम्बुलेन्स सेवा निःशुल्क स्मार्ट छोरी कार्यक्रममा हाल सम्म १ हजार ४० जना, सडक पूर्वाधार तर्फ एक बर्षमा १७ं ६८ किमि , पक्की नाला ५।४८ किलोमिटर र ग्रावेल ३०।३ किलोमिटर भएको बताए ।
त्यस्तै भुमिहिन र अव्यवस्थीत बसोबासीको तथ्याङ संकलन, जग्गा नापजाँप कार्यसुरु, किसानाई केडिर्ट काडवितरण देखि विभिन्न कामहरु गरेको सुनाए । उनले फोहर व्यवस्थापन, सिसि क्यामेरा जडान ,अटो रिक्सालाई व्यवस्थापन र बजार व्यवस्थापनलाई तत्काल गर्ने बताए । ‘तुलसीपुमा पार्कीङको अनि फोहर व्यवस्थापनको ठुलो चुनौतिछ त्यसलाई पनि हामीहरुले अव निजी क्षेत्र संगको साझेदारीमा अगाडी बढानेहोकी भन्ने लागेको छ उनले भने ।’
उनले उज्यालो तुलसीपुर अन्तर्गत तुलसीपुरमा तत्काल बसपार्क र अन्य चेकहरुमा हाइलेक्स बत्ति जडान गर्ने बताए । ‘पत्रकारहरुले दिएका सुझावहरुलाई हामीहरुले टिपेका छौं तत्काल गर्न सक्ने कामहरु अहिले र अन्य कामहरु प्राथमिकताको आधारमा गर्ने छौं –खड्काले भने । त्यस्तै प्रमुख प्रशासकिय अधिकृत रामबहादुर केसीले अव उपमहानगरपालिकाको २६ करोड रकममात्र आर्थिक दायित्व भएको भन्दै त्यसलाई आगामी बर्षमा तिरिसक्ने बताए । ‘हामीहरुले आर्थिक दायित्व कसरी पुरा गर्ने भन्नेमा छौं त्यसपछि सवैकुरा सुधार हुदै जानेछ उनले भने ।’