प्रतिष्ठानमा एकैदिन ९ सय ७० बढि विरामीले सेवा लिए

घोराही, २२ साउन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानवाट अहिलेसम्मकै उच्च सख्यामा विरामीले ओपिडि सेवा लिएका छन् । प्रतिष्ठानवाट ९ सय बढि विरामीले स्वास्थ्य उपचार सेवा पाएका हुन् ।

आइतवार मात्रै ९ सय ७० जना विरामीले सेवा लिएको प्रतिष्ठानका अस्पताल प्रशासक झङ्कार लामिछानेले जानकारी दिए । यो विरामीको सेवा लिने सख्या प्रतिष्ठान स्थापना भएदेखि अहिलेसम्मकै उच्च रहेको प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले बताए । भट्टराइका अनुसार अहिले भाइरल रहेको आँखा पाक्ने रोगका विरामीले सबैभन्दा बढि सेवा लिएका छन् ।

प्रतिष्ठानका आँखा रोग विशेषज्ञ डा. विनिता केसी नेतृत्वका चिकित्सक र स्वास्थ्यकर्मीहरुको टोलीले २ सय ५९ जनालाई आइतवार मात्रै सेवा दिएको छ । त्यस्तै दन्त विभागवाट १९ जनाले, छाला विभागवाट ४० जना, इमरजेन्सी सेवा ४८ जना, नाक, कान, घाटी विभागवाट ६३ जनाले, मेडिसिन विभागवाट १ सय ८९ जनाले, सर्जरी विभागवाट ६३ जनाले, प्रसुति सेवा ९३ जनाले,हाडजोर्नि विभागवाट १ सय ७ जनाले, वाल रोग विभागवाट ५८ जनाले, मनोचिकित्सा विभागवाट २६ जनाले सेवा लिएका छन् । प्रतिष्ठानमा विशेषज्ञ सेवा थपिदै गएपछि उपचारमा आउने विरामीको सख्या बढ्दै गएको सुचना अधिकारी भट्टराइले बताए ।