दाङ, १४ साउन । घोराही उपमहानगरपालिका वडा नं १८ मसिनामा डेगु तथा लामखुटे जन्य रोगवाट बच्नका लागि सचेतना मुलक कार्यक्रम गरिएको छ ।
मसिना गाउँ सुरक्षा समिति आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय दाङ, घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा, घोराही उपमहानगरपालिका वडा नं १८ वडा कार्यालय र वडा प्रहरी कार्यालय घोराहीको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम मसिना गाउ सुरक्षा समिति अध्यक्ष पूर्णवहादुर मल्लको अध्यक्षता तथा घेराही उपमहानगरपालिका वडा नं १८ का वडाध्यक्ष भरतमिण अर्यालको प्रमुख आतिथ्यता एवम स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्द्रको विशिष्ट आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा डेगु रोग भनेको के हो ?, यसबाट कसरी बच्ने, लामखुटेको टोकाइवाट कसरी बच्ने, लामखुटको टोकाइवाट सर्ने रोगहरुलगायतका विषयमा फोकल पर्सन चन्द्र र घोराही उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख नारायण घर्तिले जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण मसिना गाउ सुरक्षा समिति सचिव मुकेश भुसालले गरेका थिए । गाउ सुरक्षा समिति सुरक्षाको विषय तथा सचेतना मुलक काम गदै आएको छ ।