Goraksha

National Daily

कांग्रेसको बैठक आफ्नै खोइरो खन्नमा

सुभाष न्यौपाने
नेपाली कांग्रेसको साउन दुई गतेदेखि चलेको केन्द्रीय कार्यसमितिको बैठक सबैजनाले प्रत्यक्ष देख्न सकिने गरी कांग्रेसले सञ्चालन ग¥यो । कार्यक्रमका वक्ताहरु विषयमा प्रवेश गरेर विषयगत रुपमा बहस र अन्तरक्रियामा प्रवेश गर्नुको साटो सभापति र महामन्त्री दुई खेमामा विभाजित भएर रोदीघर जस्तो दोहोरी सुरु गर्न थाले । दोहोरीमा भाग लिने अधिकांश केन्द्रीय सदस्यहरु दाई र भाउजुको वकालत गर्दै ललिता निवास तथा भुटानी शरणार्थी प्रकरणमा रक्षाकवच बन्ने कोषिस गरेका थिए ।

भाई र देवरलाई आफ्ना हनुमानहरुले तथानाम भनेको सुन्दा दाईभाउजु मुसुमुसु हाँसिरहेका देखिन्थे । दाईभाउजुलाई त्यस विषयमा कति थाहा छ ? ति हनुमानहरुमा आफूमा कुनै सामर्थ नभएर दाईभाउजुको आरती गर्न आएका हुन् । हो, तपाईका भाई र देवरहरु पनि दुधले नुहाएर आएका तँ होइनन् नी । उनीहरुमा पनि मानवीय स्वभाव त पक्कै होलानी । दाईभाउजुको आसेपासे जस्तो अरबौँ कुम्लयार राखौँ भन्ने नभए पनि राम्रो लाउँ, मिठोखाउँ त पक्कै होला । त्यसैले अर्कालाई गाली गरेर रिस फेरेर आफू कसैको स्तुती गान गाएर पवित्र हुन खोज्नेहरु मानसिक र सोचको आधारमा सधै अपवित्र हुन्छन् ।

त्यसैले दुई तिहाईभन्दामाथिका सदस्य वक्ताहरुले हाम्रो किर्तन र वकालत गरे भनेर दाईभाउजु र आसेपासेहरु खुसी हुन भनेको आत्मरतीमा रमाउनु जस्तै हो । दाईभाउजुको किर्तन गरेर नेपाली कांग्रेसलाई विखण्डन र विभाजन गर्न उन्मुख हुने हनुमानहरु खुलेर भन्न सक्छौँ । तिमीहरुसँग नागरिकको संयमित छन तँ ? तिमीहरुसँग न त सामर्थ छ, नत स्वाभिमान नै । तिमीहरु त केवल दाईभाउजुको निगाह हौ । यतिमात्र हैन दाईभाउजुका चाटुकारहरु भन्न थालेको, बिना सल्लाह, बिना सहमति पार्टी सभापति, महामन्त्रीहरु तथा पदाधिकारीहरुको बैठकबाट निर्णय गरियो भन्दै यावत विषयको सन्दर्भमा चर्चा गरेपछि महामन्त्रीहरु आक्रोसित हुनु स्वभाविक हो । याद राख चाटुकारहरु आफूसँग नभएको चरित्रलाई बाहिर उजागर गर्न नखोज जुन चरित्र र स्वाभावले तिमीलाई नाङ्गै देखाउने छ ।

बैठकमा कसैको उछितो काड्दैका कोही ठुलो मान्छे भइन्न । सामाजिक सञ्जाल हेर चाटुकारहरु हो तिमीहरुको औकात त्यही दश प्रतिशत मात्र छ । आफ्नो बारेमा आफै अध्ययन गर । आजसम्म नेपाली कांग्रेसलाई विजयी गाउने मतदाताहरु त्यही सामाजिक सञ्जालमा छन् । तिमीहरुको कुरामा चित्त नबुझेर केही प्रतिशतले आफ्नो धारणा व्यक्त गरेका मात्र हुन् ।

त्यसैले सभापतिलाई घरबाट बिना सल्लाह पार्टी सञ्चालन गर्न उक्साउनेहरु तिमीहरुले यादराख तिमीहरु सार्वजनिक रुपमा जनतासँग बहस गर्न सक्छौ ? जवाफ दिन सक्छौ । आउँदो निर्वाचनमा उम्मेदवार बन्न सक्छौ ? पार्टीका केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री एन.पी. साउदले भने पार्टीका चालिस प्रतिशत क्रियाशिल सदस्यले पार्टीका उम्मेदवारलाई मतदान नगरेको भन्ने कुरासमेत केन्द्रीय समितिको बैठकमा उठाएर कस्तो हाँसो लाग्दो विषय भने तिमीहरुको निर्णयले विश्वास नभएर त्यसो भएको हुनसक्छ ।

पार्टीको महाधिवेशनमा केन्द्रबाट आदेश गर्ने फलानालाई ल्याउनु भनेर आदेश गर्ने अनि निर्वाचनमा हाम्रो उम्मेदवारलाई हाम्रा सदस्यहरुले भोट दिएनन् भन्ने ? तिम्रो रोजाइमा नपरेको मान्छेले तिमीलाई किन भोट दिने ? साउन दुई गतेदेखि सञ्चालन भएको नेपाली कांग्रेसको बैठक केवल सभापति र महामन्त्रीको कलहको रुप मात्र हो ? बलियाले जे गरेपनि हुन्छ भन्ने प्रवृति नेपाली कांग्रेसको सन्दर्भमा आफूलाई संस्थापन पक्ष मान्ने झुण्डहरुमा देखियो ।

उनीहरुलाई थाहा छैन को झुण्ड कहिले व्यक्तिमा परिणत भयो भने म कति लड्न सक्छु भन्ने कुरा बहस गर्नेहरुले गुण अवगुण छुट्याएर दोषारोपण गर्नुपर्छ र आवश्यक सुझाव दिन सक्नुपर्छ । आफैमा तेज र उर्जाशील युवाहरले आफ्नो बुद्धिले भ्याएसम्म पार्टीको सुदृढीकरण र राष्ट्रको समृद्धिको निमित्त दिएको सकारात्मक सुझावलाई मेरो विरोधमा बोल्यो भनेर अनरगल प्रलाप गर्नु आवश्यक र उपयुक्त होइन । त्यसैले आसेपासे र झुण्डलाई हेरेर दाईभाउजु रमाउनु भनेको असक्षमता हो ।

यसले साख बढ्नेभन्दा गिर्ने नै देखिन्छ । सभापतिको स्कुलीङ् हैन, महामन्त्रीलाई ? सभापतिले हिजो आफूले गरेका कर्महरुको पनि आत्मसमीक्षा गर्नुपर्छ । परे आत्म आलोचना पनि गर्नुपर्छ । जिम्मेदार नेतृत्वमा रहेको कुनैपनि नेताले झुण्डको तजुकमा मिटमा आरोप लगाउनु सबैभन्दा ठुलो अपराध हो । किनभने सभापति जित पटक–पटक नेपाली कांग्रेसलाई फेल गराउँदै आफू फेल भइसकेको व्यक्त हो भने महामन्त्रीहरु परीक्षा कै घडीमा छन् । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा वक्ताहरुको परिदृश्य हेर्दाखेर कस्तो देखियो भने महाभारतको युद्धमा चक्रव्यूहभित्र प्रवेश गरेका १६ वर्षिय किशोर अभिमन्यु कौरवको चक्रब्युहभित्र प्रवेश गरिसकेपछि जसरी कौरव सेनापतिहरुले उनीमाथि आक्रमण गरे त्यही खालको परिदृश्य देखियो तर अभिमन्युलाई चक्रव्यूहभित्र प्रवेश गर्ने कलाबारे ज्ञान थियो ।

निस्कने ज्ञान थिएन त्यसैले एउटा किशोर अपराधी आफन्तहरुको हातबाट विरगति प्राप्त गर्न पुग्यो । तर नेपाली कांग्रेसका महामन्त्रीहरुमा इतर पक्षले थापेको चक्रव्यूहभित्र प्रवेश गर्ने कला पनि थियो, निस्कने कला पनि । त्यसैले उनीहरु त्यो चक्रव्यूहको जाल अर्थात् पासोमा पर्नुपरेन उनीहरु त्यहाँबाट सहजै निस्कन सके जसको सार्वजनिक रुपमा सर्वत्र प्रंशसा भइरहेको छ । जाल हाल्नेहरुलाई लाग्यो होलाकी हामी जाल हाल्नेहरुको संख्या उपस्थित मध्य धेरै छ ।

तर त्यो घटनालाई प्रत्यक्ष हेर्नेहरुको संख्या उनीहरुभन्दा हजार गुणा बढी छ । त्यो उनीहरुलाई थाहा भएन र उनीहरु अनाहकमा सिंहको गर्जन देखाउन थाले । त्यो त केवल स्याल दुई मात्र थियो । दाईभाउजु रिसाउनलाई स्याल हुइयाँ गर्नेहरु भन्छन् अपराध गर्नेलाई सजाय हुनु अन्याय भयो रे हो ? उसो हो भने निर अपराधीलाई अपराधी करार गरेर सजाय दिनुप¥यो ? जसले जस्तो कर्म ग¥यो उस्तै फल पाउँछ ।

कसैले पाएको फलका निमित्त कोही निक पिरोलिनुप¥यो ? नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक विशेषगरी पार्टी सभापति कै पहलमा प्रत्यक्ष प्रसारणमा लगियो । यसको उद्देश्य रहेछ बैठकलाई स्याल हुइयाँ सार्वजनिक गर्दै महामन्त्रीहरुको तेजोवध गर्ने । तर स्याल हुइयाँको विपरित सन्देश जनमानसमा पुग्यो, जसका विरुद्धमा प्रत्यक्ष प्रसारणको कार्यक्रम गरिएको थियो । उनीहरुकै पक्षमा प्रत्यक्ष दर्शीहरु उभिन पुगे जसको प्रमाण प्रत्यक्ष दर्शीहरुको लाइक कमेन्ट नै छ नि । अनावश्यक कुराहरुमा आफूसँग विमती राख्नेहरुप्रति जसरी नेपाली कांग्रेसको संस्थापन पक्षधरहरु निर्लज्ज तरिकाले उभिएपछि एउटा स्वाभिमानी र अभिमानी नागरिक कुन हद हुदसम्म त्यो अनर्गल प्रलाप सुनेर बस्न सक्छ भन्दै गर्जिएका हुन चन्द्र भण्डारी र गुरु घिमिरे ।

उनीहरुको आसय होकि अति गर्नु अत्याचार नगर्नु युवाहरुको उर्जा र गतिशीलतालाई तेजोवध गर्न नै युवापंक्तिका स्वारहरु ज्यान फालेर लागेको देख्दा दृश्य देख्नेहरु नै समाइरहेका छन् । उनीहरुलाई लोकले के भन्ला भन्ने लाज छैन । दाईको दौरा र भाउजुको पछ्यौरा समाएर वैतर्णि तर्न पाए पुग्छ । आफूसँग नभएको सीप र क्षमतालाई अध्ययन गरेर सिकौँ र जानौँ भन्ने छैन । उ मभन्दा कसरी जान्ने भयो भन्ने इष्र्या मात्र छ । प्रत्यक्ष प्रसारण गरिएको बैठकको दोहोरी हेर्दा एकले अर्कालाई खुइल्याउने मात्र काम भएको देखियो ।

राजनीति गर्नेहरुले राजनीतिको एउटा मान्यतालाई आत्मसाथ गर्नैपर्छ । कित ओहदामा पुगेपछि प्रसिद्धि हासिल गर्नुप¥यो । जनपक्षीय बन्न सक्नुप¥यो । हैन भने अरुको लागि मार्ग प्रशस्त गरिदिँदा सबैको भलो हुने देखिन्छ । आफू संघर्ष गर्न नसक्ने क्षमता भएका झुण्डहरुले पार्टी सभापति शेरबहादुर देउवालाई घेरेका छन् । जो शेरबहादुर कै तागतमा फुर्ती गर्न र आफूलाई शेर देखाउन चाहन्छ् । ति स्यालहरुलाई शेर बनाउँदा शेर आफू स्याल बन्नु पर्ने अवस्था पनि आउनसक्छ । त्यसैले स्यालहरु शेरलाई शेरबाटै निवृत हुन देओ नकि स्याल बनाउन कोसिस नगर ।

महामन्त्रीहरुमध्ये पनि विशेष गरी गगनका विरुद्धमा शेरले स्याल उतारेपछि गगन पनि संसदीय दलको नेताफेर्ने मिसनमा लागेको हुँ भनेर सार्वजनिक यो कुनै अन्यथा हैन । जसरी सभापतिले महामन्त्रीलाई नङ्ग्याउने नियतका साथ पार्टीको बैठक प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाउन लगाए त्यो नै बदनियतको श्रृङ्खला थियो । यति बुझिसकेपछि महामन्त्रीहरु पनि किनपछि हट्थे त त्यसैले संसदीय दलको नेता फेरौँ अभियानमा जुटेका हुन । यो अन्यथा पनि होइन । संसदीय दलको नेताको विकल्प खोज्ने अपराध गर्नेलाई कारवाही गर्न पार्टीले कदम चाल्नुपर्ने भन्ने धारणा राखेपछि हनुमानहरु महामन्त्री थापा विरुद्ध स्याल हुइयाँ गर्दै अनिएका हुन् ।

अहिले स्यालहरुले नतिजा पनि देखे होलान् । बैठकको प्रत्यक्ष प्रसारणको नतिजा कस्तो आयो ? राज्यको जिम्मेवार ओहदामा रहेको कुनैपनि व्यक्ति आफ्नो कर्मका कारण दोषि ठहरने कुनैपनि व्यक्तिलाई दुःख परेको मानिदैन । आफ्नो नेतृत्वमा सरकार गठन भइसकेपछि प्रधानमन्त्री तथा मन्त्रीहरुको मासिक तलवमा कुटौती गर्ने । जागिर आएको महिना नभर्दै तिमीले कहाँबाट नयाँ जुत्ता ल्यायौँ भन्दै आफ्नो भाईलाई निजी सचिवालयबाट निस्कासन गर्ने । नेता विपि कोइरालाले नेतृत्व गरेको राजनैतिक दलका नेताहरु भ्रष्टाचार र राज्य द्रोहको चुद्रामा तानिनु कहाँसम्मको लाज मर्दो कुरा हो ।

त्यसैले गगन अब तिमी दागी कांग्रेसको नेता होइन सफा कांग्रेसको नेता बन्न कोसिस गर । ओहदमा पुगेपछि लोकप्रियता हासिल गर्नुको साटो पार्टीको साख गिराउने काम गर्ने आफ्नो र आफ्ना आसेपासेहरुको भलो हुने मात्र काम गर्ने । मुलुक र मुलुकबासीको हितमा काम गरेको भनेर हिङ हाक्ने नेताहरु जतिपटक प्रधानमन्त्री भए पनि भ्रष्टाचारको क्रम घट्नुको साटो बढेर जाने कुरामा निश्चित छ । गगन महत्वाकांक्षी छन् भन्ने कुरा त नेपाली कांग्रेसको महाधिवेशनले बताइसकेको छ । उनलाई महत्वाकांक्षी पनि नेपाली कांग्रेसले नै बनाएको हो । उनलाई हामीले जसरी मतदान गरेर अगाडि सा¥यौँ त्यहि मतले नै उनलाई महत्वाकांक्षी र अभिमानी बनाएको हो । महाधिवेशन प्रतिनिधिहरुको मतले निर्वाचन जित्ने त हुँदै हो । उनलाई प्रसिद्ध समेत मतदाताले प्रदान गरेको हुँदा त्यो महत्वाकांक्षा हामीले नै जगाएको हो । त्यसैले अहिले आएर महत्वाकांक्षाको आरोप लगाउन मिल्दैन । त्यो स्वाभाविक हो ।

नेपाली कांग्रेसको केन्द्रीय समितिको प्रत्यक्ष प्रसारण हेर्नेहरुले कतिले सूचनाको लागि हेरेका थिए भने कतिले कांग्रेसका नेताहरुको बुद्धि र विवेकको मापन गर्दै तमासा हेरिरहेका थिए । पार्टी सभापति शेरबहादुर देउवाले दुई महामन्त्रीको उछितो काड्ने गरी सुरु गरिएको प्रत्यक्ष प्रसारणले कस्तो अवस्थासम्मका पु¥यायो भने कुखुराले उधिन्यो छारो आफैका भन्ने उखान चरितार्थ पारेको छ । पार्टी केन्द्रीय समितिले बैठकमा महामन्त्री गगन थापाको प्रस्तावलाई ल्न्इ को प्रपोजल जस्तो भनेर भाउजु आरजुले खिस्सी गरेको सन्दर्भमा महामन्त्री थापाले दिएको जवाफ कति सान्दर्भिक थियो । भाउजु हो तपाईले ल्न्इ सञ्चालन गर्नुभएको हुनाले थाहा पाउनु हुन्छ । विधान के हो, प्रपोजल के हो भन्ने ? मैले त कुनै संघ संस्था चलाएको पनि छैन । त्यसको नाममा कमाएको पनि छैन ।

त्यसैले ल्न्इ को बारेमा तपाईलाई जानकारी हुनु राम्रो कुरा हो । तपाईकै गतिविधिका कारण पार्टी सभापति जोसँग केही दुरी बढेको छ । तपाई भ्रष्टाचारको रक्षा गर्ने जननीको रुपमा उभिन खोज्नु हुन्छ । म भ्रष्टाचार उन्मुलन गर्न चाहन्छु । महामन्त्री गगन थापाले पार्टीको केन्द्रीय समितिको बैठकको निर्णयमा नेता बालकृष्ण खाँडलाई पार्टीकाट निलवन गर्ने कुरा केन्द्रीय समितिको माइनेटिङमा नोट अफ डिसेन्ट लेखेका छन् । पार्टी प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशसरण महत भन्छन् त्यो त आरोप मात्र हो, के आरोप मात्र हो ।

के आरोपले मात्र बिना प्रमाण व्यक्ति जेल जान्छ ? के यस्तै अनरगल कुराहरुको प्रलाप गर्नलाई पार्टीको केन्द्रीय कार्यसमितिको बैठक प्रत्यक्ष प्रसारण गरिएको हो ? भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँडको प्रशङ्गमा कारवाही गर्नुपर्छ भन्ने विषयमा गगनले पहिले नै आफ्नो धारण राखिसकेको हुँदा उनले बैठकमा खाँडको विषयमा प्रस्ट पार्नु जरुरी थियो । यदि बैठकमा गगनले बालकृष्णको निलम्वनकाृ कुरा उठाउन सक्तैनथे भने उनिमाथि कार्यकर्ता र शुभ चिन्तकहरु कसैको पनि विश्वासको आधार रहने थिएन ।