५ दिनपछि मृत भेटिए कुमाल

दाङ,८ साउन । राप्ती नदीमा बगेर वेपत्ता भएका लमही नगरपालिका–९ कोल्तरा निवासी वर्ष ५२ का रामलाल कुमाल मृत अवस्थामा भेटिएका छन । लमही नगरपालिका–९ अमिलियाको राप्ती घाटमा भैसिी चराउन गएका मानिसले देखेर प्रहरीलाई खबर गरेका थिए ।

घट्नास्थलमा इलाका प्रहरी कार्यालय अमिलियाको टोली पुगेको लमही नगरपालिका–९ का वडा अध्यक्ष भेषबहादुर केसीले जानकारी दिएका छन् । साउन ३ गते बुधवार राजपुर गाउँपालिका–७ सिक्टाबाट काम सकेर अपरान्ह घर फर्किने समयमा कुमाल राप्ती नदीमा बगेर बेपत्ता भएका थिए ।

बेपत्ता भएका कुमालको स्थानीय र सुरक्षाकर्मीद्वारा खोजी कार्य गर्दा समेत फेला पर्न सकेका थिएनन् । मृतकका आफन्तहरुलाई खबर भैसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।