गोरक्ष समाचारदाता
दाङ, २ साउन । नेपाली कांग्रेसका सस्थापक सभापति एवं महामानव विपी कोइरालाको ४१ आंै स्मृति दिवसका अवसरमा प्रजातान्त्रिक विचार समाज दाङले कार्यक्रम गर्ने भएको छ । समाजले यहि साउनको ५ गते घोराहीमा ‘बिपीको समाजवाद र बर्तमान अवस्था’ विषयक बिचार गोष्ठी गर्न थालेको हो ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री समेत रहेका कोइरालाको स्मृति दिवसका अवसरमा साउनको ५ गते दिउँसो २ बजे घोराहीको होटेल माला इनमा विचार गोष्ठ कार्यक्रम गर्न थालेको प्रजातान्त्रिक बिचार समाज दाङका अध्यक्ष प्रेम शाहले जानकारी दिएका छन् ।
कार्यक्रममा उपस्थीतिका लागि नेपाली कांग्रेसलगायत सम्पूर्ण भातृ एवम् सुभेच्छुक संघसस्थाका नेता तथा कार्यकर्ता, बुद्धिजिवी, प्रध्यापाक, शिक्षक, विद्यार्थी, पत्रकार, नागरिक समाजलगायत सवैमा आग्रह गरेका छन् ।